इलाम-२ को मतपेटिका संकलन गरिँदै, मतगणना आजैदेखि गर्ने तयारी

इलाम-२ को मतपेटिका संकलन गरिँदै, मतगणना आजैदेखि गर्ने तयारी

इलाम : इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानपश्चात मतपेटिका संकलन गर्न थालिएको छ। मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो। 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा  ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम-२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए। 

मतगणना आइतबार बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.