'आगलागी नियन्त्रणका लागि सिम्रिक एयर तयार छ'

'आगलागी नियन्त्रणका लागि सिम्रिक एयर तयार छ'
तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

काठमाडौं : हरेक दिनजसो डढेलो लागेको समाचार आइरहेको छ। हाल: देशमा ५२ जिल्ला र ५ सयभन्दा बढी स्थानमा आगलागी भइरहेको छ। त्यसबाट ५० जनाले मृत्यवरण गर्नुपरेको छ भने १४० भन्दा बढी घाइते छन्। आगलागीबाट १ हजारभन्दा बढी घर पूर्णरूपमा नष्ट भएको सरकारी तथ्यांकले देखाएको छ।

जंगलको आगलागी अप्ठ्यारो र नियन्त्रण गर्न गाह्रो हुन्छ। नेपालमा डढेलो वा आगलागी अधिकांश मानवीय कारणले हुने गरेको छ। नेपालमा वर्षेनि सरदर ३ हजार ९८ ठाउँमा डढेलो लाग्दा करिब १ लाख हेक्टर जंगल मासिने गरेको बताइन्छ। सरकारले यसमा खासै सम्बोधन गर्न नसकिरहेको अवस्था निजी हेलिकोप्टर कम्पनी सिम्रिक एयर ढडेलो नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। 

विगत पाँच वर्ष अगाडि आगलागी तथा डढेलो व्यवस्थापनमा सिम्रिक एयरले काम गर्दै आइरहेको छ। सन् २००१ बाट हेलिकोप्टर क्षेत्रमा अग्रेणी भूमिका खेल्दै आइरहेको छ। सन् २०१३ सम्म मुलुक द्वन्द्वमा फसेको बेला उद्दार, राहत सामग्री वितरण तथा खाद्यन्न ढुवानीमा सीमित रहेको सिम्रिकले सन् २०१३ बाट पर्यटन क्षेत्रमा काम सुरु गरेको हो। 

यो पनि पढ्नुस् : जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ

सिम्रिक एयरले सन् २०१६ मा नै आगलागी नियन्त्रणका बम्बी बकेट भित्र्याएको थियो। त्यसपछि कम्पनीले प्रशिक्षण, परीक्षण गरी राखिएको थियो। यसको पहिलो प्रयोग सन् २०२० मा पहिलो पटक पाथीभरा र तपश्चात शिवपुरी राष्ट्रिय निकुञ्ज, तनहुँ सोलुखुम्बुलगायतका क्षेत्रमा भएको आगलागीलाई व्यवस्थापन तथा नियन्त्रण गरेको थियो। 

यसै सन्दर्भमा सिम्रिक एयरले आगालागी नियन्त्रण र हवाई प्रतिकार्य विषयक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रिय निकुञ्जका पूर्व महानिर्देशक फणिन्द्रराज खरेलले हवाइमाध्यमबाट पानी हालेर आगो निभाउने काम नेपालको भौगोलिक बनावटमा प्रभावकारी भएको बताए। तीन तहको सरकारले यसमा काम गर्न जरुरी रहेको उनको भनाइ छ। 

यो पनि पढ्नुस् : डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

त्यस्तै पत्रकार भीम खरेलले मुलुक दनदन बलिइरहेको अवस्थामा सरकार मुखदर्शकमात्र भइरहेको बताए। सरकारको दायित्वमा निजी कम्पनीले लिएको पहल सहनीय भएको बताए। आगलागी नियन्त्रणमा सरकारले स्थानीय निकायमा फोकल प्वाइन्टको व्यवस्था गर्नुपर्ने उनको धारणा थियो। 

कार्यक्रममा आगलागी नियन्त्रण विशेषज्ञ किशोर भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै आगलागी नियन्त्रणमा नेपालले लगानी गर्नुपर्ने बताए। नेपालको जस्तो भौगोलिक बनावट भएको ठाउँमा दमकल, मानिस पुग्न नसक्ने भन्दै भट्टराईले हवाइबाट आगलागी नियन्त्रण गर्न बम्बी बकेट फलदायी हुने बताए। जंगल आगलागीका लागि व्यक्तिगत सामग्रीमा हेल्मेट, पन्जा, रिफलेक्टर ज्याकेट, पानीको बोत्तल, ब्याग, बुट वा अन्य सुरक्षित जुत्ता र शरीर पूरै ढाकिने कपडा पनि नेपालमा नभएको उनले बताए। 

यो पनि पढ्नुस् : सुर्के खोलाबाट पानी ल्याएर सिम्रिक हेलिकोप्टरले निभायो नाक्चुङ वनको आगो

हेलिकोप्टरमा डोरीबाट बकेट झुन्डाएर आगो लागेको स्थानमा माथिबाट पानी हाल्ने काममा बम्बी बकेटको प्रयोग गरिन्छ। यो पद्धति जापानबाट भित्रिएको हो। १ हजार लिटर पानी डढेलोग्रस्त क्षेत्रमा उचाईबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुन्छ। यो पद्धति विश्वभरि नै सुरक्षित एवं प्रभावकारी रहँदै आएको छ। 

आगलागी नियन्त्रणमा हेलिकोप्टरको प्रयोग बढ्दो गएको भन्दै भिरपाखा, साँघुरो ठाउँमा जान, वातावरणीय तथा मानवीय क्षति हुन नदिन पनि बम्बी बकेट उपयोगी हुने कम्पनीका कार्यकारी निर्देशक एवं पाइलट सिद्धार्थ गुरुङ बताउँछन्। देख्दा महँगो भए पनि सुरक्षाका दृष्टिकोणले हेलिकोप्टरबाट आगो नियन्त्रण उपयोगी भएको पछिल्ला उदाहरणले पनि देखाएको कार्यकारी निर्देशक गुरुङको भनाइ छ। 

 

यो पनि पढ्नुस् : दमौली आगलागी : आगो नियन्त्रणमा यसरी जुटिरहेको छ सिम्रिकको हेलिकोप्टर (तस्बिरसहित)
 

कार्यक्रममा सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले हेलिकोप्टरबाट आगो निभाउने नेपालमा सिम्रिकमात्र भएको भन्दै सरकारको निर्देशन पाए कम्पनी अघि बढ्नसक्ने बताए। ‘हामीलाई आगलागी नियन्त्रणका लागि समन्वय र सम्पर्क हुनसके नियन्त्रण प्रभावकारी र सुरक्षित हुनेमा विश्वस्त छौं,’ उनले भने। 

सिम्रिकले आगालागी नियन्त्रणका लागि जिल्ला विपत व्यवस्थापनको कार्यालय वा स्थानीय निकायले हेलिकोप्टर कप्पनीलाई खबर गर्ने, हेलिकोप्टर कम्पनीलाई खबर गर्दा आगलागी भएको देशान्तरको मध्यान्तर निश्चित गरी कम्पनीलाई जानकारी गराउनुसाथै नजिकैको ताल तलैया नदीको पानी निर्धारण गरेर हेलिकोप्टर कम्पनीलाई जानकारी गराउने र एक जना व्यक्तिले फोकल व्यक्तिको रूपमा रहने भनेको छ। 

यो पनि पढ्नुस् : बाढी पहिरो क्षेत्रमा उद्धारका लागि सक्रिय सिम्रिक एयर

त्यस्तै ताल तलैया नजिकै रहेको खण्डमा १५-२० किलोमिटर वरिपरिको दूरीमा रहेको खण्डमा पनि हेलिकोप्टरबाट आगलागी नियन्त्रण गर्न सम्भव हुन्छ। त्योभन्दा बाहिर रहेको खण्डमा अन्य वैकल्पिक स्रोतहरु पनि जुटाउँदै गर्ने भनेको छ। 
आगलागी र त्यसबाट धनजन तथा पर्यावरणमा हुने क्षति कम्पनीको मात्र प्रयासले कम हुने र केही हदसम्म क्षति न्युनीकरण, वन, वन्यजन्तु, पर्यावरण तथा जनधनको रक्षा गर्नसक्ने बताएको छ। 

यो पनि पढ्नुस् : सिम्रिकको हेलिकोप्टरबाट पानी खसालेर यसरी गरियो शिवपुरीको आगो नियन्त्रणको प्रयास (फोटो फिचर)

के हो बम्बी बकेट
हेलिकोप्टरमा डोरीबाट बकेट झुन्डाएर आगो लागेको स्थानमा माथिबाट पानी हाल्ने काममा बम्बी बकेटको प्रयोग गरिन्छ। यो पद्धति जापानबाट भित्रिएको हो। यस पद्धतिमा बम्बी बकेटमार्फत नजिकैको ताल तलैया अथवा नदीबाट बकेट पानीमा डुबाई पानी भरिन्छ। सो बकेट, लाइन अथवा डोरीमार्फत हेलिकोप्टरमा जोडिएको हुन्छ। पानी हाल्नका लागि बकेटको ओपनिङ हेलिकोप्टरभित्रै पाइलटले गर्छन्। १ हजार लिटर पानी डढेलोग्रस्त क्षेत्रमा उचाईबाट फाल्दा अग्नि नियन्त्रण प्रभावकारी हुन्छ। यो पद्धति विश्वभरि नै सुरक्षित एवं प्रभावकारी रहँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.