बाढी पहिरो क्षेत्रमा उद्धारका लागि सक्रिय सिम्रिक एयर

बाढी पहिरो क्षेत्रमा उद्धारका लागि सक्रिय सिम्रिक एयर

काठमाडौं : मुलुककै अग्रेणी हेलिकोप्टर सेवा प्रदायक सिम्रिक एयरले पहाडी क्षेत्रमा उद्धार तथा अन्य  सामाजिक कामका लागि उडानलाई निरन्तरता दिएको छ।

खासगरी बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार सामग्रीको ढुवानीलगायतका काममा सिम्रिक एयरले सघाउँदै आएको छ। कोभिडको संकटमा पनि  सिम्रिकले राहत, उद्धार जस्ता सामाजिक काममा आफ्नो सेवालाई निरन्तरता दिएको छ। उद्धार तथा सामाजिक कामका लागि सिम्रिकले आफ्नो उडानमा छुट दिएको सिम्रिक एयरको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख कमल गौतमले अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने, 'कोभिडको जोखिममा पनि हामीले उद्धार तथा सामाजिक कामका लागि हाम्रो सेवा रोकेका छैनौं।'

म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा सिम्रिक हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाटा ढुवानी गरिएको छ।सिम्रिक एयरको हेलिकप्टरले बिहीबार दरवाङबाट ढुवानी गरेर मालिका गाउपालिका–५ देविस्थानको मगरदाङमा जेनेरेटर र धवलागिरी गाउपालिका–६ मराङमा जस्तापाटा पुर्‍याइएको हो।असार २५ र २६ गतेको पहिरोले २५ किलोवाट क्षमताको मगरदाङ–डाडागाउ–आशाटोल लघुजलविद्युत परियोजनाको बाँध, नहर र विद्युतगृह बगाएपछि १२५ घरधुरी अन्धकारमा थिए।

उपभोक्ताहरुले छ लाख २० हजार रुपैयाँमा १० हर्सपावर क्षमताको डिजेलबाट चल्ने जेनेरेटर खरिद गरेपनि दरवाङदेखि देविस्थान जोड्ने सडक अवरुद्ध भएका कारण ढुवानी हुन सकेको थिएन्। केन्द्रीय प्रशारण लाइन विस्तार नहुँदा सम्म जनेरेटेर चलाएर उज्यालोको बैकल्पिक ब्यवस्था मिलाउन लागिएको हो। स्थानीयबासीको एक करोड दुई लाख रुपैयाँ लगानीमा निर्माण भएको लघुजलविद्युत परियोजनाको सबै संरचना पहिरोले क्षत विक्षत भएको छ।

यसैगरी मराङको विभिन्न ठाउँका पहिरो पिडितको अस्थाई ब्यवस्थापनका लागि तयार पारिएको टहरा छाउन धवलागिरी गाउपालिकाले खरिद गरेको २६७ थान जस्तापाता पनि हेलिकप्टर मार्फत मराङमा पुर्‍याइएको छ। 

प्रतिनिधिसभा सदस्य थममाया थापा, भुपेन्द्रबहादुर थापा, संबिधानसभा सदस्य नवराज शर्मा, जिसस प्रमुख देवेन्द्र केसी, नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, प्रदेश सदस्य टेकबहादुर विश्वकर्मा र स्थानीय जनप्रतिनिधिहरुको टोलीले केही दिन अघि पहिरो प्रभावित बस्तिको निरिक्षण गरेका थिए। 

पहिरो प्रभावित क्षेत्रको जनजिवनलाई सहज बनाउनका लागि स्थानीयबासीको आग्रह अनुसार मगरदाङमा पार्टीकै खर्चमा जेनेरेटर र मराङमा गाउपालिका मार्फत जेनेरेटर ढुवानीको ब्यवस्था मिलाएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले बताए। 

पहिरो र बाढीका कारण म्याग्दीको धवलागिरी, मालिका, अन्नपूर्ण र रघुगंगा गाउपालिकामा ३१ जनाको मृत्यु तथा ५ जना वेपत्ता भएका छन् । जिल्लाभर ८८ वटा घरमा पूर्ण क्षति, ५२९ घर उच्च जोखिम र १४९ घर जोखिम भएर विस्थापित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववीयू म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि ५१ वटा टहरा बनाएका छन्।६५ परिवारको बसोबासका लागि स्थानीय डाफे युवा क्लवसँगको सहकार्यमा बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.