कीर्तिपुरमा कारमा आगलागी,जलेको अवस्थामा शव भेटियो
काठमाडौं : कीर्तिपुरस्थित सुप्लाङकोटमा पार्किङमा राखिएको कारमा आगलागी हुँदा कारभित्र एकजना पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार कारभित्र जलेको अवस्थामा पुरुषको शव फेला परेको हो। मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए।
स्थानीयका अनुसार पार्किङमा राखिएको कारमा एक्कासी आगो लागेको थियो। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ। आगलागीको कारण र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार काठमाडौंको बौद्ध गेटनजिकै एक युवतीले आत्मदाहको प्रयास गरेकी थिइन्। शरीरको ५० प्रतिशत भाग जलेको उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !