गोंगबुस्थित होटलमा निशा सुनारको मृत्यु प्रकरण : दुईजना पक्राउ
काठमाडौं : गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटलको कोठाभित्र महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्नको आरोपमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिएको छ । साउन ३ गते बिहान करिब ११:०० बजे माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलास्थित ४०४ नम्बर कोठामा काठको बक्स पलङभित्र एक महिलाको शव फेला परेको थियो।
अनुसन्धानका क्रममा मृतकको पहिचान कैलालीको धनगढी उपमहानगरपालिका-०७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार रहेको खुल्न आएको थियो ।
घटनामा संलग्न व्यक्तिको खोजतलास तथा पहिचान गर्ने क्रममा दैलेख,डुङ्गेश्वर गाउँपालिका -०६ लटाली स्थायी घर भई हाल चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्ला,चन्दननाथ नगरपालिका -०२ घर भई काठमाडौं बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुबैजनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !