बन्द कोठाबाट गन्ध आएपछि खुल्यो निशा हत्याको रहस्य

बन्द कोठाबाट गन्ध आएपछि खुल्यो निशा हत्याको रहस्य
सुन्नुहोस्

काठमाडौं : आइतबार दिउँसो काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा कैलालीकी निशा सुनारको शव भेटिएको छ। होटलका कर्मचारीले कोठा सफा गर्ने क्रममा अत्यधिक दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा केही दिनदेखि बन्द रहेको उक्त कोठाको पलङमुनि युवतीको शव सडेगलेको अवस्थामा फेला परेको हो।

काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा सञ्चालित एक गेस्ट हाउसको कोठाभित्र युवती मृत अवस्थामा फेला परेकी हुन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी क्षेत्रमा बस्दै आएकी २५ वर्षीया निशाको शव शंकास्पद अवस्थामा फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दिलीप घिमिरेका अनुसार उक्त गेस्ट हाउसको कोठा लामो समयदेखि बन्द थियो। शनिबार गेस्ट हाउसका कर्मचारीहरू कोठा सफा गर्ने क्रममा भित्रबाट अत्यधिक दुर्गन्ध आएपछि उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौं र स्थानीय प्रहरी वृत्तको टोली घटनास्थलमा पुगेर ढोका खोली जाँच गर्दा कोठाभित्र रहेको पलङमुनि शव लुकाइएको अवस्थामा फेला परेको हो। शव सड्न थालेकाले कोठाबाट गन्ध आएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कोठा एक युवकको नाममा बुक गरिएको खुलेको छ। मृतक निशा गत असार २८ गतेदेखि नै सो गेस्ट हाउसमा आउने–जाने गर्थिन्। उनी यसअघि पनि विभिन्न कसुरमा प्रहरी कार्यालय पुगेकी थिइन्। निशाको परिचय खुल्ने आधिकारिक कुनै कागजात भने भेटिएको छैन। वरपरका मानिस र साथीहरूले उनको नाम बताए पनि उनको शव अहिलेसम्म कसैले बुझेका छैनन् र आफन्त पनि सम्पर्कमा आएका छैनन्।

काठमाडौं प्रहरी प्रमुख घिमिरे भन्छन्, ‘हत्या आरोपमा आशंका लागेका पाँच जनालाई सोधपुछ गरिएको छ। उनीसँगै होटलमा बस्न आएका युवकको पहिचान भइसकेको छ। उनी हाल फरार छन्। उनकै नामबाट होटलको कोठा बुक गरिएको थियो।’ वरिपरिको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको घिमिरेले बताए। मृतक निशाको शवमा बाहिरी ठूलो चोट नदेखिए पनि टाउकोको पछाडिको भागमा चोट छ। उनलाई हत्या गरेर शव पलङमुनि लुकाइएको अनुमान प्रहरीको छ।

प्रहरीले यस घटनालाई कर्तव्य ज्यानको आशंकामा हेरेको छ। घटनास्थलको प्राथमिक मुचुल्का तयार गरी प्रहरीले शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको छ। पोस्टमार्टमको विस्तृत रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण र समय खुल्ने प्रहरीले जनाएको छ।

कोठा बुक गर्ने र निशासँगै गेस्ट हाउसमा देखिएका फरार युवकको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको छ। होटलका सञ्चालक तथा कर्मचारीहरूसँग सोधपुछ गर्नुका साथै उक्त क्षेत्रको सीसीटीभी फुटेजका आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.