बङ्गलादेशको बाढी पहिरोमा १५४ को मृत्यु

बङ्गलादेशको बाढी पहिरोमा १५४ को मृत्यु

चटगाउँ (बङ्गलादेश) : दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ ।

एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ ।

संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको बताइएको छ ।

पाँच वटा पहिरो प्रभावित क्षेत्रको उद्धार कार्यलाई निरन्तरता दिएको र हराएकाको खोजीलाई स्थगित गरेको स्थानीय अग्नीनियन्त्रक प्रमुख दिदारुल अलामले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

पहिरो प्रभावित इलाकामा १.२ मिटरसम्म हिलोमाटो जमेर रहेको र सो माटोमा शवहरु पुरिएको पुष्टि नभएको स्थानीय बासिन्दाले जानकारी दिएपछि खोजी कार्य रोकेको अलामले जानकारी दिएका छन् ।

बङ्गलादेशको इतिहासमा करिब एक दशक अघि गएको पहिरोमा १२७ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछिको बाढी प्रकोपको यो नै भीषण भएको बताइएको छ ।

पहिरोले अत्यन्त प्रभावित रन्गामति जिल्लाका आदीवासी समुदायका नेता विजोय गिरी चक्माले एएफपीलाई दिनुभएको जानकारी अनुसार यस प्रकार पहिरोले क्षति पुग्नुमा अव्यवस्थित रुपमा भवन निर्माण र ठूलो परिणाममा रुखहरु कटानी रहेको छ ।

उहाँले भन्नुभयो, मानवले नै निम्याएको यस प्रकोपलाई प्राकृतिक प्रकोपको नाम दिइएको छ जुन राम्रो होइन ।
पहिरो प्रभावित पहाडी जिल्लाका चार हजार पाँच सय व्यक्ति विस्थापित भई १८ वटा शिवीरमा बसोबास गरेका बताइएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.