दुखान्त घटनाले बेलायतमा उदासिनता छाएको छ: महारानी

दुखान्त घटनाले बेलायतमा उदासिनता छाएको छ: महारानी

लण्डन: बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताउनुभएको छ।

शनिबार महारानीले राज्यद्वारा परम्परागत मनाइदै आएको जन्मोत्सवका अवसरमा दिनुभएको सन्देशमा महारानीले भन्नुभएको छ, “पछिल्ला हप्ताहरुमा बेलायतले एकपछि अर्को दुखद् घटनालाई बेहोर्नुपरेको छ। परम्परागत रूपमा आज खुशी मनाउने दिन हो तर केही महिना यता भएका दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापीरुपमा पीडाको अनुभुति भएको छ यसका कारण सबैमा उदासिनता छाएको र यसबाट भाग्न मुश्किल भएको छ।'

बेलायतमा महारानीको जन्मदिन दुईपटक मनाउने प्रचलन छ। महारानीको वास्तविक जन्मदिन अप्रिलमा भएपनि जन्मदिनलाई भब्य वनाउन राम्रो मौसमका लागि गृष्मकालिन आजको दिन (जुन १७) लाई भब्य समारोहकावीच मनाउने परम्परागत छ।

कम्तिमा ३० जनाको ज्यान जाने गरी भएको ग्रीनफेल टावर आगलागी विरुद्धको विरोध प्रदर्शनपछि आएको महारानीको सन्देशमा भनिएको छ, “परिक्षणको बेला छ, कठीन परिस्थितिमा अधिराज्य अटल रहेको छ।'

महारानी र राजकुमार विलियम्सले शुक्रबार स्वयंसेवकहरु, बासिन्दा र समुदायका प्रतिनिधिहरुसँग भट्नुभएको थियो। शनिबारको सन्देशमा महारानीले म्यानचेष्टर र लण्डनका पछिल्ला भ्रमणक्रममा आवश्यक परेकाहरुलाई तत्काल सहयोग पुर्‍याउने मानिसहरुको तत्परताबाट आफू प्रभावित भएको बताउनुभएको छ।'

'दुखका बेला हामी एकबद्ध भएका छौं, कसैलाई काखा पाखा नगरीकन र त्रसित नभैकन आफ्नो सर्वश्व गुमाएका प्रभावितहरुलाई सहयोग गर्न हामी उत्तिकै प्रतिबद्ध छौं, उहाँले भन्नुभयो।' गत बुधबार पश्चिम लण्डनस्थित आवासीय भवनमा आगलागी हुँदा कम्तिमा ३० जनाको ज्यान गुमेको र अझै केही वेपत्ता रहेका छन। दुर्घटनामा थप कति परे भन्ने आँकडा भने आइसकेको छैन।

यसैबीच शुक्रबार केन्सिङ्टन क्षेत्रमा जाँदा प्रधानमन्त्री टेरिजा मेले दुर्घटनाप्रति उहाँको व्यवहारलाई लिएर आलोचना भएको छ।प्रधानमन्त्रीले घटनाको अनुसन्धान गरी तथ्य पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै आजै केही घाइते तथा मृतकका आफन्तसँग भेटी सान्त्वना दिनुभएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.