श्रम मन्त्रालयको सेवा क्षेत्र विस्तार गर्दैछौ : चौधरी

 श्रम मन्त्रालयको सेवा क्षेत्र विस्तार गर्दैछौ : चौधरी

दाङ : श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले श्रम मन्त्रालय अन्तरगतका सेवालाई विस्तार गरेर सेवालाई विकेन्द्रिकरणा गर्न लागेको बताएका छन । उनले श्रम सम्बन्धी कार्यका लागि राजधानी नै धाउनुपर्ने प्रावधानलाई हटाएर मोफसलका अन्य दुई स्थानमा अधिकार सहितको श्रम कार्यालय स्थापना गरिने जानकारी दिए ।

श्रम मन्त्रालयले पूर्वी नेपाल र पश्चिमी नेपाललाई मध्यनजर गरेर कार्यालय स्थापना गर्न लागिएको राज्यमन्त्री चौधरीले बताए । मन्त्री चौधरीले श्रम स्वीकृति स्वरोजगार लगायतका काम गर्नका लागि पश्चिमका ५, ६ र ७ प्रदेशलाई मध्यनजर गरेर एउटा कार्यालय र पुर्वको १, २, ३ र ४ प्रदेशलाई मध्यनजर गरेर अर्को कार्यालय स्थापना गरिने बताए । उनले अबको दुई महिनाभित्रमा मोफसलबाट सेवाग्राहीले सेवा लिन सक्ने बताए ।

गृह जिल्ला दाङ आएका चौधरीले शनिबार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा त्यस्तो बताएका हुन् । राज्यमन्त्री चौधरीले अब युवालाई नेपालमै रोजगार दिलाउन आफु लागि पर्ने बताए । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका मन्त्री चौधरीले देशमै रोजगारको श्रृजना गरी युवालाई रोजगारमा लगाउने अभियानमा श्रम तथा रोजगार मन्त्रालय रहेको जानकारी दिए ।

‘अव युवाहरु विदेशिनुभन्दा पनि स्वदेशमै रोजगारीमा लाग्ने वातावरण सिर्जना गर्छु' उनले भने । धेरै भन्दा धेरै युवाहरुलाई रोजगारी दिनका लागी विभिन्न रोजगारमुखी तालिमहरु संचालन आवश्यक रहेको उनले बताए।

 

आफ्नो पहिलो काम नेपालमै युवालाई रोजगार दिने बातावरण बनाउनु रहेको भन्दै त्यसका लागि पहल सुरु भइसकेको बताए । मन्त्री चौधरीले वैदेशिक रोजगारलाई ब्यवस्थित गर्ने तथा युरोपियन देशहरुमा समेत श्रम स्वीकृत लिई नेपाली युवालाई बैधानिक तरिकाले पठाउने वातावरण पनि सिर्जना गरिने बताए । उनले दाङ जिल्लालाई रोजगारी हवको रुपमा विकास गर्ने सोच आफ्नो रहेका सुनाए ।

चौधरीले दाङ जिल्लालाई प्रदेशको राजधानी बनाउनका लागि आवश्यक पुर्वाधार तथा प्रदेश स्तरीय कार्यालय जिल्लामा आउने क्रम सुरु भइसकेको बताए । लामो समयदेखि हवाई सेवा बन्द भइरहेको तुलसीपुर एअरपोर्टको डि पि आर तयार भै रहेको हुदाँ चाडै नै त्यसको धावनमार्ग विस्तार गरिने बताए । सरकारको पहिलो लक्ष्य भनेको समयमै निर्वाचन गराउन रहेको भन्दै निर्वाचन सफल हुनेमा उनले विश्वास व्यक्त गरे । उनले दाङको विकासका लागि सधै कटिबद्ध भएर लाग्ने समेत बताए । राज्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दाङ आएका चौधरीलाई दाङबासीले भब्य रुपमा स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.