यान्त्रिक पुलले १८ प्रतिशत लाभांस दिने

यान्त्रिक पुलले १८ प्रतिशत लाभांस दिने

 कुश्मा : पर्वत सदरमुकाम कुस्मादेखि बागलुङ जिल्लाको बलेवा जोड्ने कुस्मा-बलेवा यान्त्रिक पुलले यस वर्ष सेयर धनीलाई १८ प्रतिशत मुनाफा वितरण गर्ने भएको छ । यान्त्रिक पुल लिमिटेड आर्थिक वर्ष २०७३/०७४ मा कुल लगानीको १८ प्रतिशत आम्दानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ९० लाख ४७ हजार तीन सय ९४ रुपैयाँ मुना आम्दानी गरेको र सोही रकम सेयर धनीलाई वितरण गर्न लागिएको कम्पनीले जनाएको छ।

लिमिटेडको शनिबार सम्पन्न छैंटौ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृत दिएको हो । साधारणसभाले स्वीकृत दिएपछि ९० करोड ४७ हजार मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । ‘यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ', उनले भने । यान्त्रिकपुलमा मुलुकका प्रतिष्ठित व्यावसायीदेखि कुस्मा र बलेवा क्षेत्रका चार सय ६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो ।

यान्त्रिक पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका साविकका १६ गाविसका बासिन्दासँग कुश्माबजारको व्यावसायिक सम्बन्ध गाँसिनुका साथै सदरमुकाम कुश्माबजारको व्यापारिक र पर्यटन विकासमा सहयोग पुगेको छ । पुलबाट दैनिकजसो पाँच सय सर्वसाधरणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट बृद्ध, सुत्केरी र अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदानरनाथ शर्माले जानकारी दिए ।

पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्राको ८५ रुपैयाँ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रु बलेवा जान एक सय १४ रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । उक्त यान्त्रिकपुलको छैटौं साधारणसभामा बोल्ने वक्ताले सर्वसाधरणले लगानी गरेर सार्वजनिक रूपमा सेवा दिएको यान्त्रिक पुल मुलुककै नमुना बनेको चर्चा गरेका थिए ।

यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा निमिक्त प्रमुख जिल्ला अधिकारी ऋषि आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जिवबहादुर कोइराला, प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे, कम्पनीका इलेक्ट्रिकल इन्जिनियर अच्युत खतिवडालगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.