प्रदेश ६ जलविद्युतको केन्द्र: ऊर्जामन्त्री

प्रदेश ६ जलविद्युतको केन्द्र: ऊर्जामन्त्री

सुर्खेतः ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश नम्बर ६ लाई जलविद्युत उत्पादनको केन्द्र बनाउन लागिएको बताएका छन्। भेरी र कर्णाली करिडोरमा नयाँ जलविद्युत आयोजना सञ्चालनका लागि सम्भाव्यता खोजी सुरु भएको समेत उनले जानकारी दिए।

 

जलविद्युत उत्पादनको सम्भाव्यता खोजी गर्न मन्त्रालयको टोलीसहित आइतबार सुर्खेत आएका मन्त्री शाहीले भने, ‘यो प्रदेशमा पर्याप्त जलस्रोत छ, ठूला नदी पनि यही प्रदेशमै छन्। हामीले यहाँ नयाँ र ठूला आयोजना सञ्चालनको तयारी गरेका छौं, अब यो प्रदेश जलविद्युत उत्पादनको केन्द्र बन्नेछ।'

यो प्रदेश अन्तर्गत कर्णालीका जिल्लाहरु हालसम्म पनि विद्युतको राष्ट्रिय प्रशारण लाईन जोडिएका छैनन्। कालिकोटका बासिन्दासमेत रहेका ऊर्जामन्त्री शाहीले अब प्रदेशका सबै जिल्लामा राष्ट्रिय प्रशारण लाइन जोडिने दाबी गरे। निर्माणाधिन आयोजनाको काम चाँडो सम्पन्न गर्न मन्त्रालयले ताकेता गरिरहेको भन्दै उनले छिट्टै देशमा ऊर्जा संकट समाधान हुने उल्लेख गरे।

यसैबीच नेपाल विद्युत प्राधिकरणको प्रदेश स्तरीय क्षेत्रीय कार्यालय सुर्खेतमा स्थापना भएको छ। प्रदेश नम्बर ६ को क्षेत्रीय कार्यालय आइतबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.