प्रतिसेयर आम्दानी घट्दा प्रतिफलमा असर

प्रतिसेयर आम्दानी घट्दा प्रतिफलमा असर

काठमाडौं : बैंकको नाफा बढे पनि सेयरमा लगानी गरेका सर्वसाधारणले गतवर्षभन्दा कम प्रतिफल पाउने भएका छन्। अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेका कारण सर्वसाधारणले पाउने प्रतिफलमा समेत कमी आएको हो। बैंकहरूको चुक्ता पुँजी बढेसँगै सेयर संख्या वृद्धि हुँदा आर्थिक वर्ष २०७३/७४ मा प्रतिसेयर आम्दानी घटेको हो। स्टक एक्स्चेन्जमा सूचीकृत २७ वटा वाणिज्य बैंकमध्ये ६ वटाको मात्र प्रतिसेयर आम्दानी बढेको छ। २१ बैंकको आम्दानी घटेको देखिन्छ। राष्ट्रिय वाणिज्य बैंक भने स्टक एक्सचेन्जमा सूचीकृत भएको छैन।

प्रतिसेयर आम्दानी बढाउने बैंकमा नेपाल इन्भेस्टमेन्ट, ग्लोबल आईएमई, मेगा, लक्ष्मी र प्रभु बैंक छन्। माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी स्थिर छ। कम्पनीको पुँजी र नाफाका आधारमा ईपीएसको अनुमान गरिन्छ। तथ्यांकअनुसार धेरै मुनाफा आर्जन गरेका बैंकले भन्दा थोरै चुक्ता पुँजी भएर धेरै नाफा आर्जन गरेका बैंकको सयेरमा लगानी गर्नु उपयुक्त हुने देखिएको छ।

आम लगानीकर्तालाई अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै ईपीएस दिनेमा प्रभु बैंक परेको छ। यो बैंकको ईपीएस गतवर्ष १० रुपैयाँ २७ पैसाले बढेर २९ रुपैयाँ ७८ पैसा पुगेको छ। सबैभन्दा बढी ईपीएस एभरेस्ट बैंकको घटेको छ। बैंकको गतवर्षको तुलनामा ईपीएस २२.१९ रुपैयाँले घटेर ४३.७८ रुपैयाँ कायम छ।

 

नबिल बैंकको नाफा अत्यधिक भए पनि अघिल्लो वर्षको तुलनामा गतवर्ष ७३ पैसाले प्रतिसेयर आम्दानी घटेको छ। ईपीएस घटे पनि गतवर्ष सबैभन्दा बढी प्रतिसेयर आम्दानी दिनेमा नबिल बैंक नै परेको थियो। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नबिलको ईपीएस ५८ रुपैयाँ ५४ पैसा छ। दोस्रो नम्बरमा एभरेस्ट बैंक परेको छ। गतवर्ष एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसाले घटेर ४३ रुपैयाँ ७८ पैसामा सीमित भएकोे छ।

सरकारी लगानीमा सञ्चालित नेपाल बैंकको प्रतिसेयर आम्दानी ४०.०३ रुपैयाँ छ। यो बैंकको अघिल्लो वर्ष ४६.६९ रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी ६.६६ रुपैयाँले घटेको छ।

निक्षेप संकलन, वार्षिक खुद नाफालगायत सूचकमा पछाडि परेको सिभिल बैंक प्रतिसेयर आम्दानी सूचकमा पनि सबै वाणिज्य बैंकभन्दा पछाडि परेको छ। बैंकको प्रतिसेयर आम्दानी ६.५२ रुपैयाँ छ। अघिल्लो वर्ष यो बैंकको आम्दानी १० रुपैयाँ ७५ पैसा थियो। कम प्रतिफल दिने दोस्रो बैंकमा सेन्चुरी कमर्सियल बैंक परेको छ। बैंकको प्रतिसेयर आम्दानी ८.२० रुपैयाँ छ। यो बैंकको पनि ५.२७ रुपैयाँ घटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.