जुम्लाको स्याउ गोदाममा,भारतीय स्याउ बजारमा

जुम्लाको स्याउ गोदाममा,भारतीय स्याउ बजारमा

दाङ : भारतीय स्याउले एक छत्र बजार ओगटी रहेका बेला दाङका वजारमा जुम्लामा उत्पादन भएको स्याउ भित्रिएको छ । जिल्लामा जुम्ली स्याउ भित्रिएसंगै स्वदेशी व्यवसायीहरुले भारतीय स्याउको आयात घटाउँदै जुम्ली स्याउको बजार विस्तार गर्न थालेका छन ।

 

जिल्लामा भित्रिएको जुम्ली स्याउलाई अव बजार विस्तारको खाँजो भएको व्यवसायीहरुले वताएका छन। उपभोक्ताहरुले मन पराएको स्याउलाई केहि व्यवसायीहरुले अवरोध पु¥याइरहेको जुम्ली स्याउका व्यवसायीहरुले बताएका छन ।

अहिले जुम्लामा उत्पादन भएर दाङका आएको स्याउले दाङमा वजार नपाएको उनीहरुको गुनासो पनि छ। जुम्ली स्याउले भारतीय स्याउ र व्यापारीको कारण वजार नपाएपछि स्वदेशी स्याउका व्यवसायीहरु चिन्तित भएका छन्।


भारतीय स्याउ भन्दा झण्डै दोब्बर सस्तो मूल्य भएपनि फुटकर विक्रेताको अभावले दाङका बजारमा आएको जुम्ली स्याउले बजार नपाएको व्यवसायी कृष्णवहादुर शाहीले वताए । फुटकर मुल्य प्रतिकिलो ९० रुपैया र थोक मुल्य ७० रुपियाँ प्रतिकिलो दिदापनि थोक तथा फुटकर व्यवसायीले भारतीय महङगो स्याउलाई प्राथामिकता दिदा स्वदेशी उत्पादन समस्यामा परेको उनले वताए ।

भारतीय स्याउको बजार मुल्य फुटकरमा १ सय ५० देखि दुई सय रुपैयासम्म प्रतिकिलोमा विक्रिवितरण भैरहेको छ । नेपाली जुम्ली स्याउ ७० रुपैयादेखि एक सय रुपैया सम्म प्रतिकिलो पर्छ । भारतीय स्याउ भन्दा सस्तो हुदा पनि स्याउले बजार नपाउँदा जुम्ली स्याउ गोदाममै सड्ने अवस्थामा रहेको शाहीले वताए । 

पहिलो चरणमा दाङको तुलसीपुरमा आएको चार हजार ६ सय किलो जुम्ली स्याउ गोदाममै थन्किएको व्यवसायी शाहीको गुनासो छ । यसअघि नेपालगञ्ंज र सुर्खेतमा जुम्ली स्याउको कारोवार गर्दै आएका शाही पहिलो पटक दाङमा स्याउ विक्री गर्न आएको र उपभोक्तासम्म जुम्ली स्याउ पुर्‍याउन भारतीय स्याउ व्यापारीले अवरोध गरेको उनको भनाई छ ।

प्रतिक्विन्टल सात हजारको अर्डरमा ४६ क्विन्टल शाहीले जुम्ली स्याउको बजार विस्तारको लागि दाङमा ल्याए पनि भारतीय स्याउका व्यापारीका कारण आफुले उपभोक्ता माझ नेपाली स्याउ पु¥याउन नसक्दा झण्डै तीन लाख घाटामा जाने अवस्था सिर्जना भएको बताए ।


हिमाली जिल्ला जुम्लामा उत्पादन भएको स्याउको वजारीकरणमा सहयोग गरी नेपाली किसानलाई प्रोत्साहन गर्न सरोकारवाला निकाय सवैसंग व्यवसायी शाहीले अनुरोध गरेका छन।

उनले स्वदेशी उत्पादनलाई महत्व नदिने र विदेशी उत्पादनबाट बढी मुनाफा खान खोज्ने व्यवसयायीका कारण स्वदेशी उत्पादनले बजार पाउन नसकेको बताए। दाङमा अधिकाँश फलफुल व्यवसायी भारतीय नागरिक छन भने थोरै मात्रै नेपाली छन । भारतीय नागरिक व्यापारी हुँदा स्वदेशी स्याउले भन्दा भारतीय स्याउले बजार ओगटेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.