दुगडको फ्रुटीमा ‘अखाद्य' पर्दाथ

दुगडको फ्रुटीमा ‘अखाद्य' पर्दाथ

 काठमाडौं : नेपालको प्रख्यात व्यापारिक घराना दुगड फुड एन्ड वेभरेज प्राइभेट लिमिटेडले उत्पादन गर्ने फ्रुटीमा म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरिएको तथ्य सार्वजनिक भएको छ। उपभोक्ताको ज्यान जाने गरी म्याद सकिसकेको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको घटना सोमबार सार्वजनिक भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाले संयुक्त रूपमा सतुंगलस्थित फ्रुटी उत्पादन गर्ने कारखानामा सोमबार छापा मारेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेम लुइँटेल नेतृत्वको टोलीले उक्त कारखानामा छापा मारेको थियो। सहायक प्रजिअ लुइँटेलका अनुसार गोप्य सूचनाका आधारमा छापा मारिएको हो।

 

अनुगमन टोलीले कारखानामा डेढ महिनाअघि म्याद नाघिसकेको कच्चा पदार्थ कारखानाको उत्पादन स्थल र गोदामबाट बरामद गरेको थियो। ‘म्याद नाघिसकेको कच्चा पदार्थको समि श्रणबाट फ्रुटी तयार पार्दै गरेको अवस्थामा हामीले छापा मारेका हौं', सहायक प्रजिअ लुइँटेलले भने, ‘मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी प्रयोग गर्नै नहुने अखाद्य वस्तु प्रयोग भइरहेको अनुगमनका क्रममा फेला परेको छ।' म्याद नाघेको पदार्थ समि श्रण गरी तयार पारिने खाद्य वा पेयजन्य वस्तु सेवन गर्दा ज्यानै जाने जोखिम हुन्छ।

 

अनुगमन टोलीले डेढ महिनाअघि म्याद नाघेको नेचुरल टोटापुरी म्याङ्गो पल्प (आँपको प्रशोधित गुदी) छापा मार्ने क्रममा भेटेको थियो। सन् २०१५ को जुलाईमा तयार भएको र दुई वर्ष म्याद भएको उक्त म्याङ्गो पल्पको प्रयोग गरी उद्योगले धमाधम फ्रुटी जुस तयार पारी बजारमा पठाउँदै आएको थियो। म्याङ्गो पल्प, पानी, चिनी, साइट्रिक एसिड, प्रिजेटिभ रसायन र एसिड रेगुलेटरको समि श्रण गरी फ्रुटी जुस तयार पारिन्छ। भारतको आन्ध्र प्रदेशको चित्तौर जिल्लास्थित श्री देवाराजा एग्रो फुड्स उद्योगबाट उत्पादित टोटापुरी म्याङ्गो पल्प म्याद नाघेको अवस्थामा उद्योगमा भेटिएको हो।

टोलीले उत्पादन स्थलबाट म्याद नाघेको दुई सय २३ किलो तौल भएको २३ ड्रम म्याङ्गो पल्प बरामद गरिएको थियो। यस्तै, कारखानाभन्दा तीन सय मिटर टाढा रहेको गोदाम घरबाट पनि म्याद नाघेको चार सय थान म्याङ्गो पल्पको ड्रम फेला पारिएको थियो। ‘म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरी सर्वसाधारणको ज्यानै जाने गरी फ्रुटी उत्पादन गर्ने गरेको अनुगमनका क्रममा फेला पर्‍यो,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘जानाजान गुणस्तरहीन कच्चा पदार्थको समि श्रण गरी उपभोक्तालाई हानि गर्ने गरी उत्पादन बजार पठाएको तथ्य खुलेको छ। उद्योगीमाथि कडाभन्दा कडा कारबाही हुन्छ।'

जिल्ला प्रशासन कार्यालयका अनुसार उत्पादन स्थलबाट तयार भएर बजार पठाउने क्रममा रहेको डेढ लाख थान फ्रुटीको प्याकेट पनि बरामद गरिएको छ। म्याद नाघेको चार सय २३ म्याङ्गो पल्पको ड्रम र तयारी अवस्थाको फ्रुटीको सबै प्याकेट बरामद गरी प्रयोग र बिक्री-वितरणमा रोक लगाउँदै सिलबन्दी गरिएको छ। ‘उद्योगले म्याद नाघेको अखाद्य कच्चा पदार्थ समि श्रण गरी फ्रुटी तयार पारेको अभियोगमा उद्योगको सञ्चालनमा तत्कालका लागि सिलबन्दी गरी बन्द गरेका छौं,' सहायक प्रजिअ लुइँटेलले भने, ‘सम्पूर्ण छानबिन गरेर कारबाही प्रक्रिया अघि बढेपछि कानुनअनुसार मात्रै उद्योग सञ्चालनको विषयमा विचार गर्छौं।'

- ४ सय २३ थान म्याद नाघेको म्याङ्गो पल्प ड्रम र डेढ लाख तयारी फ्रुटी जफत
- अखाद्य प्रमाणित भए देशभरकै फ्रुटी जफत गरिने


उनका अनुसार बजारमा भएका फ्रुटीको बिक्री-वितरणमा पनि रोक लगाउने प्रक्रिया अघि बढाइएको छ। कारखानाबाट उत्पादित फ्रुटीको नमुना लिइएको छ। बजारमा पुगेका फ्रुटीको पनि नमुना लिइनेछ। बजार र कारखानाबाट लिइएको दुवै नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाइनेछ। ‘विभागको प्रयोगशालाले बजारमा भएका फ्रुटीमा अखाद्य वस्तु र म्याद नाघेको कच्चा पदार्थ समि श्रण भएको भेटिएको खण्डमा देशभरका बजारबाट संयुक्त बजार अनुगमन टोलीमार्फत उक्त उत्पादन जफत गर्न लगाउने प्रक्रिया पनि अघि बढाइसकेका छौं,' लुइँटेलले अन्नपूर्णसँग भने,‘उद्योगीले बजारमा पुगेको फ्रुटीमा अखाद्य कच्चापदार्थ मि श्रण नभएको दाबी गरेको छ।'

मंगलबार उक्त उद्योगमा बरामद भएका सम्पूर्ण वस्तुको मुचुल्का तयार पारी थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाइनेछ। उद्योगमाथि कालोबजारी ऐन, उपभोक्ता हित संरक्षण ऐन र खाद्य ऐनअनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उद्योगका महाप्रबन्धक अभिनाश सिंहले सरकारी टोलीले छापा मारेको स्विकार्दै विस्तृत रूपमा बुझ्ने प्रयास भइरहेको जानकारी दिए।

असारमा पनि आपूर्ति व्यवस्थापन विभाग र उपभोक्ता हित संरक्षण विभागका संयुक्त अनुगमन टोलीले उक्त उद्योगको गोदाममा सिलबन्दी गरेको थियो। अखाद्य पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गरेको अभियोगमा तत्कालीन समयमा सिलबन्दी गरिएको आपूर्ति विभागले जनाएको छ।

आइसक्रिम कारखाना बन्द

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य पदार्थ प्रयोग गरी आइसक्रिम उत्पादन गरेको अभियोगमा सोमबार नै भक्तपुरको सूर्यविनायक नयाँबस्तीस्थित पवित्रलक्ष्मी फुड्स प्रोडक्टको उद्योग बन्द गराएको छ। उक्त उद्योगले स्वीटटाइम भन्ने ब्रान्डमा आइसक्रिम उत्पादन गर्दै आएको थियो। विभागका सहप्रवक्ता मदन चापागाईंका अनुसार कारखानामा निकै फोहोर भेटिनुका साथै पामोलिन आयल म्याद नाघेको भेटिएकाले उद्योगमा सिलबन्दी गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.