भक्तपुर क्यान्सर अस्पतालमा चौबीसै घन्टा शल्यक्रिया

भक्तपुर क्यान्सर अस्पतालमा चौबीसै घन्टा शल्यक्रिया

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले शल्यक्रियासहितको विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सुरु गरेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले चौथोपटक कार्यभार सम्हाल्दै उक्त सेवा सुरु भएको बताए ।

सेवा सुरु भएसँगै अस्पतालमा अबदेखि चौबीसै घन्टा शल्यक्रिया हुने अस्पतालका मेडिकल निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए । ईएचएस सेवा सुरु भएपछि क्यान्सरका बिरामीले शल्यक्रिया गर्न महिना दिन कुर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘अहिले क्यान्सरका बिरामीले अप्रेसन गर्न एक महिनाको पालो कुर्नुपर्छ’। निर्देशक डा. श्रेष्ठले भने, ‘ईएचएस सेवा सुरु भएपछि हामी जहिले पनि अप्रेसन गर्छौं । अब बिरामीले महिना दिन कुर्नुपर्ने छैन । बिरामी तयार भएलगत्तै अप्रेसन गर्नेछौं ।’

उक्त सेवाको लागि अस्पतालले अत्याधुनिक मोडुलार अप्रेसन थिएटरसमेत सञ्चालनमा ल्याइसकेको छ । यससँगै अस्पतालमा अप्रेसन थिएटरको संख्या चारवटा पुगेको छ । साथै चारवटा थिएटर प्रयोग गर्न छ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली बनाइएको निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।उनले ईएचएस सेवामा गैरक्यान्सर बिरामीको अप्रेसनसमेत गरिने जानकारी दिए ।

‘क्यान्सर अस्पताल भएकाले ओटीको ईएचएस सेवामा क्यान्सर बिरामीलाई प्राथमिकता नै दिन्छौं’, उनले भने, ‘गैरक्यान्सर बिरामीको अप्रेसनसमेत गर्छौं ।’ उनका अनुसार पित्तथैलीको पत्थर झिक्ने उपकरण क्यान्सर अस्पतालमा पनि उपलब्ध छ । निजी अस्पतालको भन्दा अत्यन्त न्यून शुल्कमा भक्तपुर क्यान्सर अस्पतालले पित्तथैलीको पत्थरको अप्रेसन गर्ने उनले जानकारी दिए ।

अस्पतालले परीक्षणको रुपमा गएको मंसिर १ गतेदेखि बहिरंग (ओपीडी) सेवाको विस्तारित स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको थियो । अब ओपीडी सेवाको विस्तारित सेवालाई लागू गरिएको व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले घोषणा गरे ।

नेपाल अर्बुदरोग निवारण संस्थाको सिरहाको लहानमा भएको २७ औं केन्द्रीयसभामा संस्थाको अध्यक्षमा लोकेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत भएका थिए । उक्त संस्थाका अध्यक्ष नै भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ । सोही प्रावधानअनुसार श्रेष्ठले बिहीबारदेखि तीनवर्षे कार्यकालको लागि कार्यभार सम्हालेका छन् ।

नेपाल सरकार, रोटरी क्लव र भक्तपुरको स्थानीय तह तथा समुदायको सहयोगमा नेपाल अर्बुदरोग निवारण संस्थाले २०५६ सालदेखि भक्तपुर क्यान्सर अस्पताल सञ्चालन गर्दै आएको हो ।

==


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.