सिमरा गोल्डकप : दुवै टोलीको उपाधि जित्ने दाबी

सिमरा गोल्डकप : दुवै टोलीको उपाधि जित्ने दाबी

 

सिमरा : रुस्लान नवौं सिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लब भिड्दैछन्। सिमरा रंगशालामा हुने फाइनल खेलअघि आर्मी प्रतियोगिताको दोस्रो उपाधि जित्ने उद्देश्यमा छ भने थ्रीस्टार पहिलो उपाधिको खोजीमा छ। समग्रमा भने थ्रीस्टार तेस्रो तथा आर्मी पाँचौं उपाधिको प्रयासमा हुनेछ।

फाइनल खेलअघि दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि आफूले जित्ने दाबी गरेका छन्। उनीहरूले फाइनल खेल रोमाञ्चक हुने पनि दाबी गरेका छन्। सिमरा रंगशालामा शुक्रबार आयोजित फाइनल खेलअघिको पत्रकार सम्मेलनमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले राम्रो सुरुआतसहित उपाधि जित्ने प्रतिक्रिया दिए।

‘दुवै टोलीको स्तर उस्तै छ। त्यसैले सुरुआतमा गोल गर्न सके उपाधि जित्न सकिन्छ’, प्रशिक्षक केसीले भने, ‘हामी सुरुआतमै गोल गर्दै उपाधि जित्ने प्रयास गर्नेछौं।’ बूढासुब्बा गोल्डकपको फाइनल खेलमा घाइते भएका कप्तान विक्रम लामासहित अजाई मार्टिन र विश्वास श्रेष्ठ थ्रीस्टारको साथमा हुनेछैनन्। विक्रमको अनुपस्थितिमा नीराजन खड्काले टोलीको कप्तानी गर्नेछन्।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उपाधिका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए। ‘लगातार प्रतियोगिता भएका कारण खेलाडी थकित थिए। प्रदर्शन राम्रो भइरहेको थिएन’, न्यौपानेले भने, ‘अहिले सबै खेलाडी फिट छन्। उपाधिका लागि सबै तरिकाले तयार छौं।’

आर्मी यसपटक मदन भण्डारी मेमोरियल कपमा थ्रीस्टारसँग बेहोरेको पराजयको बदला लिने सुरमा पनि रहेको छ। आर्मीले पनि फाइनल खेलमा जितेन्द्र कार्कीको साथ पाउनेछैन। यद्यपि निलम्बनबाट स्ट्राइकर नवयुग श्रेष्ठ मैदानमा फर्कनेछन्।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख ५१ हजार तथा उपविजेता टोलीले दुई लाख ५० हजार पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन्। यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, गोलरक्षक, मिडफिल्ड, प्रशिक्षकले पनि जनही १५ हजार पाउनेछन्।

पूर्वविजेताहरू

२०७३ संकटा क्लब

२०७२ विजय युथ क्लब, हेटौंडा

२०७१ त्रिभुवन आर्मी क्लब

२०७० नव जनजागृति युवा क्लब, सिमरा

२०६९ मनाङ मस्र्याङ्दी क्लब

२०६८ मनाङ मस्र्याङ्दी क्लब

२०६७ हिमालयन शेर्पा क्लब

२०६६ मजदुर सहिद स्मृति क्लब


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.