त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

 

हेटौंडा : त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिम-११ लाई टाइब्रेकरमा ५-३ गोलले पन्छायो।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरको सहायता लिइएको थियो। टाइब्रेकरमा आर्मीको तर्फबाट नवयुग श्रेष्ठ, भरत खवास, दीप लामा, विवेक बस्नेत र विकेश कुथूले गोल गरे। सुदूरपश्चिमका नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र चेतन थारूले गोल गरेका थिए। आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठले ६९औं मिनेटमा गोल गरे।

उनले डीबक्स बाहिरबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। तर, खेल सकिन तीन मिनेटको बाँकी रहेको अवस्थामा सुदूरपश्चिमले गोल गरेर खेललाई बराबरीमा ल्यायो। सुदूरपश्चिमका लागि विनोद केसीले ८७औं मिनेटमा बराबरी गोल गरका थिए।

खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अधिकांश सिनियर खेलाडी घाइते भएकाले मैदानमा उतार्न नसक्दा खेलमा दबाब भोग्नुपरेको बताए। सुदूरपश्चिमका प्रशिक्षक सुरेश हमालले रेफ्रीको कारण आफूहरूले हार्न परेको आरोप लगाए। जिल्लाको टोली भएकाले आफूहरू हेपिएको उनको गुनासो थियो। प्रतियोगिताअन्तर्गत मंगलबार थ्रीस्टार र संकटाबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.