क्रिकेटर करण केसीलाई गृह जिल्लामा भव्य स्वागत

क्रिकेटर करण केसीलाई गृह जिल्लामा भव्य स्वागत

बागलुङ : नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ एक खेलको अन्तिम ओभरको अन्तिम बलमा नेपाललाई सनसनीपूर्ण जित दिलाएका करण केसीलाई गृह जिल्ला बागलुङमा भव्य स्वागत गरिएको छ।

नेपाल बन्दका कारण सुनसान प्रायः बनेको बागलुङ बजारमा क्रिकेटर केसी आएपछि खेलकुदप्रेमी र युवाहरुमा छुट्टै रौनकता देखिएको थियो। केसीको आगमन सँगै बजारमा खुशियालीसहित र्‍याली निकालिएको थियो। बागलुङ नगरपालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति र केसीको जन्म गाउँ बानपा ८ सिगानाले भव्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थियो।

आईसीसी च्याम्पीयसिप डिभीजन टू अन्तर्गत केही दिनअघि नामिबिया भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन सफल भएको भन्दै केसीलाई बाजा गाजासहित सम्मान गरिएको हो। बजारको मुख्य चोकदेखि बजारका विभिन्न भागको परिक्रम गराएर लोकतान्त्रिक चोकमा ल्याएपछि सम्मान गरिएको थियो।

पछिल्लो समय नेपाली क्रिक्रेटले पाएको सफलताबाट उत्साहित भएका स्थानीय तहका जनप्रतिनिधिसहित कार्यक्रममा स्वतःस्फुर्त आएका दर्शकहरुले उनलाई खादा र अबिर लगाएर सम्मान गरे। बागलुङ नगरपालिका कार्यालयको तर्फबाट केसीलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको छ। बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका केसीलाई वडा कार्यालयले पनि सम्मान गरेको छ।

केसीको सम्मानमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बागलुङ शाखाले उनको जीवन बीमा गरिदिएको छ। पाँच वर्षका लागि केसीको एक लाख रुपैयाँ बराबरको जीवन बीमा कम्पनीकै तर्फबाट गरिदिएको रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स बागलुङ शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए।

उनलाई क्षेत्री समाज बागलुङले पनि सम्मान गरेको छ। नगद १० हजार र सम्मानपत्रले सम्मान गरिएको क्षेत्री समाज बागलुङका सचिव सन्तोष क्षेत्रीले जानकारी दिए।

सम्मान पछि बोल्दै बागलुङ नगरप्रमुख जनकराज पौडेलले बागलुङमा जन्मिएका केसीले अन्तराष्ट्रिय जगतमा नेपालको शान बढाएकोले सम्मान गरेको बताए। ‘बागलुङको सिगानामा जन्मिनु भएको भाई करण केसीले अहिले नेपाल र बागलुङलाई पनि विश्वमा चिनाउनुभएको छ,’ पौडेलले भने, ‘हामीले उहाँबाट अको दिनमा पनि विश्कप खेल्ने गरी प्रदर्शनको अपेक्षा गरेका छौं। उहाँलाई हौसला प्रदान होस् भनेर नै यो कार्यक्रम गरिएको हो।’

सम्मानपछि क्रिकेटर केसीले जन्मठाउँमा पाएको सम्मानले आफूलाई निकै ठूलो हौसला मिलेको बताए। ‘हामी देशका लागि खेल्छौं, खेलमा कहिले जित्छौं कहिले हार्छौ,’ उनले भने,‘जित्दा र हार्दा पनि तपाईहरुले यसरी नै माया गरिराख्नुहोला। हामीले तपाईहरुको विश्वास र भरोसालाई डग्न दिने छैनौं।’

केसीलाई प्रतिनिधिसभा सदस्य मनकुमारी केसी, डा. सूर्य पाठक, बागलुङ नगर उपप्रमुख सुरेन्द्र खड्का, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियार, एन्फा अध्यक्ष रामराज गुरुङ लगायत उनका समर्थक र क्रिकेट प्रेमीहरुले खादा र अबिर लगाएर सम्मान गरे।

उनलाई क्षेत्री समाज बागलुङले पनि सम्मान गरेको छ। नगद १० हजार र सम्मानपत्रले सम्मान गरिएको क्षेत्री समाज बागलुङका सचिव सन्तोष क्षेत्रीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.