मृत्यु संस्कार छोट्याउन प्रयास

मृत्यु संस्कार छोट्याउन प्रयास

 

फुङलिङ : मृत्यु संस्कार सुधार अभियानमा सहमति जनाउँदै माओवादी केन्द्र ताप्लेजुङका अध्यक्ष खेलप्रसाद बुढा क्षेत्री ‘पराग’ले आमाको काम सात दिनमा सम्पन्न गरेका छन्। सिरिजंघा गाउँपालिका पेदाङका क्षेत्रीकी आमाको ९१ वर्षको उमेरमा फागुन २३ गते निधन भएको थियो। ‘विधि नघटाई दिन मात्र छोट्याएको हुँ’, उनले भने, ‘पाँच दिनमै सक्ने विषयमा पुस्तकसमेत प्रकाशन भइसकेपछि सोहीअनुसार गरें।’ हिन्दू धर्मशास्त्रको मर्मअनुसार नै पाँचदिने अन्त्य पद्धतिलाई साथ दिएको उनले बताए।

मृत्यु संस्कारमा परिवारका सदस्य भने विभाजित भएका छन्। दुई परिवारले १३ दिन किरिया गर्ने भएका छन् भने दुई परिवारले सात दिनमै सकेका हुन्। ‘गत वर्ष साइँला दाजुको मृत्यु हुँदा भाउजू विष्णुमाया बुढा क्षेत्रीले पनि सात दिनमै किरिया सक्नुभयो’, उनले भने, ‘पाँच दाजुभाइमध्ये ठूल्दाइको परिवार र माइला दाजुले १३ दिन नै बार्ने निर्णय गर्नुभयो। काइलो दाजु सानै उमेरमा खस्नुभयो। साइली भाउजू र मेरो परिवारले सात दिनमा सक्यौं।’

फुङलिङका पुरोहित जनकलाल पौडेलले सात दिनमै किरिया सम्पन्न गराएका हुन्। शंकरप्रसाद पोख्रेल अध्यक्ष रहेको संस्कार सुधार समाजले ‘पाँचदिने अन्त्य पद्धति’ नामक पुस्तक प्रकाशन गरेको पुरोहित पौडेलले बताए। गरुड पुराणबाहेक सबै कर्म उक्त पुस्तकमा समेटिएको पाथिभरा बहुमुखी क्याम्पसका अध्यापक रामचन्द्र दाहालको भनाइ छ। ‘किरिया बस्नेलाई सुनाउने गरुड पुराण मात्रै हटाइएको छ’, उनले भने, ‘अरू कर्म समेटिएको हुँदा पुस्तक शास्त्रसम्मत छ।’

पाँचदिने संस्कार लागु गर्न जिल्लास्तरीय कार्यान्वयन समिति पनि गठन गरिएको छ। मृत्युपछि हुने खर्चले न्यून मध्यमवर्गीय परिवारलाई आर्थिक बोझ थप्ने हँुदा पाँच दिनमा सक्ने अभियान सुरु गरिएको समितिका जिल्ला अध्यक्ष पण्डित ओम गौतमले बताए।

‘भड्किलो संस्कारले आफू र आफन्तलाई अप्ठ्यारो बनाएको निष्कर्षसहित मृत्यु संस्कारलाई छोट्याउने विषयमा बहस हुन थालेको छ’, उनले भने, ‘ त्यसैले संस्कार छोट्याएर शिष्ट तरिकाले शोक मनाउने प्रचलन आजको आवश्यकता हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.