दलितलाई मन्दिर प्रवेशमा रोक

दलितलाई मन्दिर प्रवेशमा रोक

वीरगन्ज : बाराको सिमरौनगढ नगरपालिका –७ झवानी टोलमा रहेको दलित समुदाय नजिकै रहेको शिव मन्दिरमा पूजापाठ गर्नबाट बन्चित भएको छ । झवानी टोलका चमार जातिलाई गैह्र दलितले मन्दिर प्रवेशमा रोक लगाए पछि पुजापाठ गर्नबाट उनीहरु बन्चित भएका हुन् ।

झवानी टोलमा करिब चार दशक पहिले निर्माण गरिएको मन्दिरमा त्यहाँका गैह्र दलितले अहिले सम्म पनि दलितलाई प्रवेश गर्न नदिएको स्थानीय विनोद महरा चमारले बताए ।

करिब एक सय ५० घर धुरी रहेको उक्त टोलमा चमार जातिका १०–१२ घरधुरी छन् । बाँकी ब्राह्मण, राजपुत, सहनी, तेली र नुनिया जातिको बसोबास छ ।

‘मन्दिर बनाउने बेलामा हाम्रै काका बुबाहरुले ज्यामी र मजदुर बनेर सघाए ।’ चमारले भने , ‘जब मन्दिर बन्यो हामीलाइ तल्लो जाति भनेर मन्दिरमा छिर्न पनि दिइएन । दलितले मन्दिर भित्र पूजा गरे अपवित्र हुने भन्दै पूजापाठ गर्न नदिएको समेत उनको भनाइ छ ।

लित वस्तीकै छेउमा रहेको मन्दिरमा पूजापाठ गर्न नपाउँदा उनीहरु गाउँ भन्दा टाढा रहेको सिम्रौनगढ बजार र अमृतगन्जको रानीवास बजारमा रहेको मन्दिरमा गएर पूजापाठ गर्न बाध्य छन् ।

साविक सिम्रौनगढ गाविसका पूर्व अध्यक्ष गगनदेव कुशवाहाले गाँउका दलितहरु आफनो अधिकार प्रति जागरुक नभएकै कारण मन्दिरमा पूजापाठ गर्नबाट बन्चित भएको बताए ।

वडाध्यक्ष रमेश कुशवाहाले गाँउको मन्दिरमा दलितलाइ प्रवेश र पूजापाठ गर्न गैह्र दलितबाट प्रतिबन्ध लगाइएको बारे थाहा नभएको बताए ।

उनले भने, ‘अब म यस बारेमा बुझेर विभेद हटाउन पहल गर्नेछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.