चिनियाँ राष्ट्रपतिलाई नेपाली नेताहरूको बधाई

चिनियाँ राष्ट्रपतिलाई नेपाली नेताहरूको बधाई

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई दिएकी छन् ।

शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र त्यही मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन दिएका छन् ।

उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबारै दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.