ऋण तिर्नका लागि सगरमाथा आरोहण

ऋण तिर्नका लागि सगरमाथा आरोहण

बिर्तामोड : चन्द्रगढी-३ का २४ वर्षीय अनिष लुइँटेलले यसअघि नेपालको संविधान बोकेर सगरमाथा आरोहण गरेका थिए। तर, त्यस बेला लागेको ऋण तिर्न नसकेर फेरि सगरमाथा आरोहण गर्न लागेको उनले बताएका छन्।

ऋण तिर्ने रकम संकलन होला कि भनेर २४ औं वल्र्ड स्काउट जेम्बोरीको लोगो बोकेर यही महिना सगरमाथा आरोहण गर्न लागेको उनको भनाइ छ। २०७३ जेठ ८ गते सगरमाथा आरोहण गर्दा लागेको ऋण २० लाख रुपैयाँ उनले चुक्ता गर्न सकेका छैनन्। स्काउटको लोगो सगरमाथा पुर्‍याएपछि अमेरिकामा हुने २४ औं वल्र्ड स्काउट जेम्बोरीमा आफूलाई सम्मान गर्दै केही रकम दिइने र त्यसले ऋण तिर्ने योजना बनाएको उनले सुनाए। ‘ऋण तिर्न नसकेपछि फेरि सगरमाथा चढ्ने योजना बुनेको हुँ’, उनले भने।

संविधान बोकेर सगरमाथा चुचुरोमा पुर्‍याए पनि सरकारले सहयोग नगर्दा निराश बन्नुपरेको उनले बताए। ‘देशको नामकै लागि सगरमाथा चढें, अहिले पनि हाम्रै जिल्लाका व्यक्ति प्रधामन्त्री हुनुहुन्छ’, उनले भने, ‘तर, संविधान सगरमाथा पुर्‍याउँदाको मर्म सरकारले बुझेन। त्यसैले यस्तो अवस्था आयो।’

पर्यटन विभागले २०७३ पुस ५ गते नेपालको संविधान सगरमाथा चुचुरोमा पुर्‍याउने पहिलो व्यक्तिका रूपमा आफूलाई प्रमाणितसमेत गरेको उनले बताए। ‘यसरी देशको संविधान बोकेर सगरमाथा आरोहण गर्ने व्यक्ति विश्वमा मै पहिलो हुन सक्छु’, उनले भने, ‘गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा छु।’ यसपटक चीनतर्फको भागबाट सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको उनको भनाइ छ।

स्काउटले आरोहणमा लाग्ने सबै खर्च बेहोर्ने भएको छ। यसपटक २६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए।

उनी २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण सगरमाथाको क्याम्प २ मा तीन साता बसेर फर्किएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.