'सिन्डिकेट तोड्ने पालो अब तरकारीको'

'सिन्डिकेट तोड्ने पालो अब तरकारीको'

काठमाडौँः कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषि क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने बताएका छन् । 

मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भने, ‘कृषकहरुलाई फाइदा हुनेगरी म कदम चाल्छु, तरकारीमा रहेको सिन्डिकेट अब तोडिन्छ ।’ 

‘सिन्डिकेटबारे हामीले केही गर्नैपर्दैन, कालिमाटी बजार अहिले जुन रुपमा रहेको छ, तीन पुस्तादेखि पुस्ता दर कब्जा गरिएको छ, जसले उत्पादन गर्छ, उसैलाई दिने व्यवस्था गर्छौँ’, साक्षात्कारमा मन्त्री खनालले भने, ‘कृषि मन्त्रालयले अनुदानमा केही गाडी उपलब्ध गराउने, किसानले सीधै पहिलो स्टेनशनबाट उठाएर उत्पादन बजारमा ल्याउने गर्नुभयो भने मलाई लाग्छ सिन्डिकेट हट्छ र हटाउनैपर्छ, तर केही समय लाग्छ, सिन्डिकेट तोड्नैपर्छ।’

आफूले कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रम ल्याउने पनि उनले खुलासा गरे । ‘किसान पेन्सन दिनुपर्छ, अनुदान दिनुपर्छ, गरिब परिचयपत्रलाई पनि अघि बढाउनुपर्छ’, उनले भने, ‘अहिले २६ जिल्लामा वितरण हुँदैछ ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ ।’

मन्त्री खनालले एकताबारे सबै कुराहरु मिलाएर अघि बढ्ने विश्वास दिलाए । उनले भने, ‘जसरी हामीले वाम गठबन्धनपछि प्रतिवद्धता जारी गरेका थियौं, हामीले समृद्धिको योजना सार्वजनिक गरेका थियौं, अबको हाम्रो लक्ष्य भनेको समाजवाद नै हो, हामीहरुबीच सबै कुरा मिल्छ, केही प्राविधिक कुराहरु मिल्न बाँकी छन्, हामी मिलाउँछौं।’

एकता हुने कुरामा शंका नगर्न आग्रह गरे । खनालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग अहिले एकताबारे छलफल नचलेको स्पष्ट पारे । उनले भने,‘तर पार्टी एकता हुनसक्छ, हाम्रो प्राथमिकता भनेको एमाले र हामीबीचको एकता नै हो।’ उनले एमाले र माओवादी केन्द्रबीच ढिलो चाँडो एकता हुने विश्वास दिलाए । 

मन्त्री खनालले भारतसँग नेपालको धेरै राम्रो सम्बन्ध रहेको बताउँदै कृषिमा सहकार्य हुने विश्वास दिलाए । उनले भने,‘भारतमा जस्तो नेपालमा कृषि क्षेत्रको उचाई छैन, भारतको कृषि क्षेत्रमा भएको विकास, किसानलाई दिने अनुदान, व्यवस्थापनको स्तर नेपालमा छैन्।’ आफू निकट भविष्यमै भारत भ्रमणमा जाने जनाउँदै कृषिसम्बन्धी कार्यक्रमहरु अघि बढाउने मन्त्री खनालले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.