'सुन तस्करीको जालो राजनीतिक नेतृत्वसम्म पुग्न सक्छ'

'सुन तस्करीको जालो राजनीतिक नेतृत्वसम्म पुग्न सक्छ'

छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले सुन तस्करीको खतरनाक जालो रहेको बताएका छन् । सुन तस्करको ‘नेक्सस’ राजनीतिक नेतृत्वसम्ममा रहेको हुन सक्ने उनको अनुमान छ । यसै विषयमा अन्नपूर्णकर्मी सागर पण्डितले पौडेलसँग गरेको संक्षिप्त कुराकानी:

सुन तस्करीको जालोमा को-को रहेको पाउनु भयो ?

अनुसन्धानको क्रममा धेरै जालोहरू रहेको पाइयो । अनुसन्धानबीच गन्तव्यमा पुग्दै गर्दा यसमा संलग्न भएका विभिन्न पक्षहरूको जालोलाई यसरी लिन सकिन्छ । पहिलो दुबईको जालो । दुबईमा बसेर व्यापार व्यसाय गरी राम्रै हैसियत बनाएका र भिजिटिङ भिसामा जानेहरू ‘इजी मनी’ खोज्ने क्रममा यो जालोमा सहभागी भएको देखिन्छ । दोस्रोमा नेपाल र दुबईमा रहेर हुन्डीको कारोबार गर्ने पनि यो जालोमा संलग्न रहेको पाइयो । 

तेस्रो नेपालको एयरपोर्टको जालो सबैभन्दा खतरनाक जालो हो । जहा थाई एयरवेजमा काम गर्ने नेपाली कामदार, फ्लाइट दुबई र एयर अरेबियाको व्यवस्थापन गर्ने नेपाली एयरलाइन्सका कर्मचारी पनि यो जालोमा परेको देखियो । अर्को जालो हो एयरपोर्टमा सुरक्षा दिने प्रहरीको जालो । प्रहरीको मिलिमतो नभई तस्करी हुनै सक्दैन । त्यसपछि सुनमा लगानी गर्ने व्यापारीको जालो । यी सबै जालोको समायोजन गर्ने भुजुङ, छिरिङ र एमकेको जालो सबैभन्दा ठुलो छ, जसको सम्बन्ध राजनीतिक नेतृत्वसँग पनि रहेको हुन सक्छ । विगतमा राजनीतिक नेतृत्वसँग सेटिङ मिलाउने मुख्य जालो भुजुङहरूकै रहेको पाइयो । पेशेवर डाँकाहरू पनि यो जालोमा सहभागी भएको पाइयो ।

नेपाल सुन तस्करको लागि उर्वर भूमि रहेको देखियो होइन ?

हो, सुन तस्करका लागि नेपाल उर्वरभूमिजस्तो देखियो । यो निकै दु:खलाग्दो अवस्था हो । तस्करहरूको बयानले पनि नेपालमा ०४० सालदेखि नै विभिन्न वहानामा सुन तस्करी हुने क्रम बढेको देखिएको छ । एयरपोर्टको अथोरिटी सुधार्ने हो भने तस्करी धेरै हदसम्म नियन्त्रण हुन सक्छ । त्यसैले एयरपोर्टमा व्यापक सुधार र अप्रेसन गर्न जरुरी छ ।

 हिजो काठमाडौंको न्यूरोडमा रहेका चाकु, गुदपाक र चकलेट पसलहरू आज सबै विस्थापित भएर एकाएक सुन पसल किन बनिरहेका छन् ?

यस्तै अवस्था मुलुकका अन्य प्रमुख सहरहरूमा पनि छ । त्यसैले ती सुन पसलहरूको बारेमा पनि छानबिन र अनुसन्धान हुन जरुरी छ ।

हाम्रो राज्य संयन्त्र र सुरक्षा निकायलाई तस्करहरूले पंगु नै बनाएका हुन् ?

राज्य संयन्त्र र सुरक्षा निकायलाई कमजोर बनाउने प्रयास पक्कै भएको हो । राज्यका जिम्मेवार निकायमा रहेकाहरू नै लोभलालचमा फस्न पुगेकाले समस्या भएको हो । अब त्यस्तो स्थिति आउन नदिन राज्यका सबै संयन्त्रहरू जिम्मेवार, इमान्दार र संवेदनशील बन्न सक्नु पर्छ । राज्यका सबै संयन्त्र सच्चिनै पर्छ । राज्यका सबै संयन्त्रमा टालटुले होइन, गम्भीर खालको अप्रेसन र सुधार अत्यावश्यक भइसकेको देखिन्छ ।

३३ केजी सुन चाहिँ अब कहिले फेला पर्छ त ?

-समितिको म्याद थपिएको छ जेठ मसान्तसम्म । हामीले हाम्रो अनुसन्धानलाई अझै व्यापक र सशक्त बनाउदै अघि बढाएका छौं । हाम्रो अथक प्रयासले गोरे समातिएको छ । अब बिस्तारै बिस्तारै सबै जालोहरू हामी पत्ता लगाएरै छोडछौं । यही क्रममा त्यो लुटिएको सुन पनि हामी पत्ता लगाएरै छोड्छैाँ ।

अनुसन्धानमा कतिको स्वतन्त्र हुनुहुन्छ ? कुनै दबाब छ कि ?

-हामी पूर्ण रूपमा स्वतन्त्र र निर्भीक भएर अनुसन्धानमा लागिरहेका छौं । हामीलाई कुनै किसिमको दबाब र प्रभाव छैन । फेरि हामी कसैको दबाब र प्रभावलाई स्वीकार पनि गर्दैनांै । त्यसैले कसैले दबाब दिने हिम्मत नै गरेका छैनन् । संकलित प्राप्त प्रमाण र तथ्यका आधारमा हामी बिना आग्रह र पूर्वाग्रह अनुसन्धान गरिरहेका छौं ।

अनुसन्धान टुंगोमा पुग्छ त ?

हामी अनुसन्धानलाई टुंगोमा पुर्‍याएर आगामी दिनमा नेपालमा हुने सुन तस्करीलाई पूर्ण रूपमा निस्तेज गर्न सफल हुनेछौं भन्नेमा पूर्ण विश्वस्त छौं।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.