ट्रकमा गाँजा ओसार्ने दुई जना बारामा पक्राउ

ट्रकमा गाँजा ओसार्ने दुई जना बारामा पक्राउ
सुन्नुहोस्

बारा :  ट्रकमा लागूऔषध गाँजा ओसारेर तस्करी गर्ने दुई जना ट्रकसहित बारामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका–२ स्थायी घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का ३२ वर्षीय आकाश भन्ने दीपक कोइराला र ट्रकमा सवार हेटौंडा-१३ पदमपोखरीका ३० वर्षीय जीवन घलान रहेका छन्। 

बाराको रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई निजगढ नगरपालिका-१० लालपार्कस्थित सडकमा सोमबार राति १०:३० बजे प्रहरीले रोकेर चेकजाँच गरेको थियो। 

त्यसक्रममा उक्त ट्रकमा ७ वटा ठूला पोकामा रहेको दुई क्वीन्टल १६ केजी गाँजा भेटिएपछि प्रहरीले ट्रक चालक कोइराला र घलान दुवै जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। उक्त ट्रकपनि नियन्त्रणमा लिइएको न्यौपानेले बताए।

गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.