मुस्ताङमा ट्रकसहित ८९० क्यू फिट काठ बरामद

मुस्ताङमा ट्रकसहित ८९० क्यू फिट काठ बरामद
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा लुकाईछिपाई ट्रकमा लोड गरी मुस्ताङ ल्याइएको अवैध काठ प्रहरीले बरामद गरेको छ। म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमतर्फ आउँदै गरेको ग २ ख नम्बरको ट्रकमा लुकाई छिपाई ल्याइएको अवैध चिरान गरिएको काठ सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको हो।

यसअघि आइतबार राति १० बजेको समयमा म्याग्दीको बेनीबाट मुस्ताङतर्फ अवैध काठ ट्रकमा लोड गरी लैजाँदै गरेको भन्ने गोप्य सूचना  जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई उपलब्ध गराइपछि मुस्ताङ प्रहरीले काठ लोड गरिएको ट्रकको खोजतलास सुरु गरेको थियो। 

प्रहरीको खोजतलासपछि मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोम स्थित पक्की पुलतर्फ आउँदै गरेको अवस्थामा मंगलबार बिहान २ बजेको समयमा  चालकसहित उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।

प्रहरीले निगरानी गरी नियन्त्रणमा लिइएको काठ लोड गरिएको ट्रकको प्रहरीले कानुन बमोजिम खानतलासी गर्दा ट्रकमा लोड गरिएको काठको छोड पुर्जी वा आधिकारिक कागज प्रमाण नभएको पाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।

नियन्त्रणमा लिई बरामद गरिएको काठ पर्वत जिल्लाबाट ढुवानी गरी मुस्ताङ ल्याइएको भएपनि काठको वैधानिकता नभएको प्रहरीले जनाएको छ। पर्वतबाट मुस्ताङ ल्याइएको अवैध काठ कसले कसका लागि पठाइएको हो भन्ने विवरण प्राप्त हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा बरामद भएको काठ अन्दाजी ८९९ दशमलव ९६ क्यू फिट भएको र काठको मूल्य करिब १ लाख १२ हजार बराबरको भएको जनाइएको छ। प्रहरीले अवैध रुपमा भित्र्याउन लागिएको काठको आवश्यक मुचुल्का गरी ट्रकसहितको काठ र ट्रक चालक बाग्लुङ निसीखोला गाउँपालिका-६ बस्ने ४५ वर्षीय डिलबहादुर घर्तीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोम कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.