सीमामा नेपालीमाथि दुर्व्यवहार

सीमामा नेपालीमाथि  दुर्व्यवहार

दार्चुला : नेपाल–भारतको दार्चुला सीमामा केही दिनदेखि चेकजाँचका नाममा नेपालीमाथि दुव्र्यवहार भइरहेको छ । यार्सागुम्बालगायत जडीबुटी चोरी–निकासी हुने भन्दै भारतीय सुरक्षाकर्मीले चेकजाँचलाई कडा गरेपछि दुव्र्यवहारका घटना पनि बढेका

हुन् ।

नेपाली नागरिकले ल्याउने दैनिक उपभोग्य सामग्रीमा अहिले भारतीय सुरक्षाकर्मीले कडिकडाउ गरेको छ । भारतमा नेपालको भन्दा केही सस्तो पर्ने भएकाले नेपालीहरू भारतबाटै सामान ल्याउने गरेका हुन् ।

नेपाल–भारत जोड्ने मुख्य नाका दार्चुलाको पुल घाँटबाट विभिन्न खाद्यान्न, निर्माण सामग्री, तरकारीसमेत आयात गर्ने दार्चुलाका व्यापारीलाई समेत पछिल्लो समय निकै समस्या हुने गरेको व्यापारी जमनसिंह धामीले बताए ।

उनले सीमावर्ती क्षेत्रमा चेकजाँचको नाममा नेपालीलाई दुःख दिने काम भइरहेको बताए । यार्सागुम्बा, सतुवालगायत विभिन्न जडीबुटी ओसारपसार हुने समय भएकाले अवैध रूपमा हुने ओसारपसार गर्न नदिन भारतीय सुरक्षाकर्मीले चेकजाँच कडाइ गरेका हुन् ।

भारतीय सुरक्षाकर्मीले १÷२ किलोभन्दा बढी सामान ल्याएमा जीएसटी बिल माग्ने र भन्सार तिर्न बाध्य गराउने गरेको स्थानीयले बताएका छन् । भारतीय व्यापारीले सामग्री किन्दा जीएसटी बिल दिन मान्दैनन् भने नाकामा भारतीय सुरक्षाकर्मी र कस्टमले अनिवार्य जीएसटी बिल मागेर नेपाली नागरिकलाई दुःख दिने गरेको स्थानीय कलावती धामीले बताइन् ।

भारतीय सुरक्षाकर्मीले दार्चुला जिल्लाको दत्तु, जौलजीवी, तिगरमलगायत सीमा नाकामा समेत कडाइ गर्न थालेको छ । विद्यालय निर्माणका सामग्री ढुवानीमा समस्या भइरहेको हिमालय मावि हुतीका प्रधानाध्यापक दौलतसिंह खातीले बताए ।

महिलामाथि अभद्र व्यवहार

भारतीय सुरक्षाकर्मीले भारतबाट सामग्री किनेर ल्याउँदा महिलामाथि अभद्र व्यवहार गर्ने र अपशब्द बोल्ने गरेका छन् । जौलजीवी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय सीमानाकाबाट स्वदेश फर्किने बेला भारतीय प्रहरीले मालिकार्जुन गाउँपालिकाकी एक महिलामाथि अभद्र व्यवहार गरेका छन् ।

भारतबाट मलखाद ल्याउँदै गर्दा जौलजीवीका ती महिलालाई मल लैजान नपाइने भन्दै दुःख दिएको थियो । त्यति मात्र नभई मलखाद नेपाल ल्याउन दिएबापत भारतीय सुरक्षाकर्मीले नेपाली महिलामाथि यौन दुव्र्यवहार गर्ने गरेको जौलजीवीकी स्थानीय निर्मला चन्दले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.