अलपत्र नमुना सहर

अलपत्र नमुना सहर

बैतडी : सरकारले २०६८ सालमा मध्यपहाडी लोकमार्गअन्तर्गत १० सहरलाई नमुनाको रूपमा विकसित गर्ने निर्णय ग¥यो । तिनै १० नमुना सहरमध्ये १० औं सहरको रूपमा बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो ।

करिब २ लाख मानिसको बसोबास गराउने, आधुनिक सहरको सुविधासहित व्यवस्थित सहर बनाउने निर्णय हुँदा पाटनबासी निकै खुसी भएका थिए । नमुना सहर बनाउने घोषणा भएको सात वर्ष बितिसक्दासमेत यो सहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकोमा स्थानीय निरास भएका छन् ।

‘पाटन सहर नमुना बन्छभन्दा धेरै खुसी लागेको थियो, तर नयाँ सहर निर्माण कार्यले गति नलिँदा निरासा छाएको छ’, पाटन नगरविकास समितिका पूर्वअध्यक्ष जंगवीर विष्टले भने, ‘पाटन नयाँ सहरको काम सोचेअनुसार अघि बढ्न सकेको छैन । विकास निर्माणका कामले समेत खासै गति लिन सकेको छैन ।’

नमुना सहरको रूपमा विकसित गर्ने सरकारी घोषणा भए पनि नयाँ सहरको काम अघि नै नबढेको पाटनका वसन्तप्रकाश विष्टले बताए । ‘सुविधासम्पन्न अस्पताल, खानेपानी, विद्युत्लगायत आधारभूत विकासका कुरा अघि बढ्ने आसा गरेका थियौं,’ उनले भने, ‘तर, ठीकविपरीपत हामी अहिले नहरको दूषित पानी प्रयोग गरिरहेका छौं ।’

नयाँ सहर बनाउने घोषणा भएको दुई वर्षसम्म निकै थोरै बजेट आएको नयाँ सहर आयोजनाका प्रमुख प्रवीण शाहले बताए । उनले भने, ‘सुरुका दुई वर्षसम्म बजेट नै कम आयो । बजेट आएपछि पनि धेरै काम हुन सकेको छैन । बजेट अभावले पनि काम अघि बढ्न सकेको छैन ।’

पाटनमा जग्गा प्लटिङमा समेत समस्या आएको छ । पाटन नयाँ सहर आयोजनाअन्तर्गत डोबरा, भट्टाडलगायत ठाउँमा जग्गा एकीकरण गरी बस्ती विकासको कामलाई अघि बढाउने योजना छ । सरकारले जग्गा एकीकरण, सडक निर्माणलगायत काम गर्ने भएकाले मासिएको जमिनको क्षतिपूर्ति दिने प्रावधान छैन ।

तर स्थानीयले भने घुमाउरो भाषामा क्षतिपूर्तिको माग गरिरहेका छन् । ‘नहर तलतिरको जमिन निकै खेतीयोग्य छ । धेरैले यसै जमिनमा उब्जेका अन्नबाट परिवार धानिरहेका छन् । जग्गा एकीकरण गर्दा जमिन मासिने चिन्ता हुनु स्वाभाविक हो ।’ पाटनका चमनकुमार भण्डारीले भने, ‘सरकारले अन्य पूर्वाधारको काम पहिला सकाएर जग्गा एकीकरण र विकासमा लाग्नुपर्छ, यसले स्थानीयलाई पनि सजिलो हुन्छ ।’

जग्गा प्लटिङको काम अघि नबढ्दा नयाँ सहरको काम अघि बढ्न सकेको छैन । जनप्रतिनिधिहरूले समेत अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्थानीयको गुनासो छ । ऐतिहासिक सहरको रूपमा रहेको पाटनलाई नमुना सहर बनाउने भने पनि नमुना सहर निर्माणका अधिकांश काम अलपत्र छन् ।

पाटन प्राकृतिक हिसाबले रमणीय ठाउँ हो । यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ । ऐतिहासिक रूपमा पनि पाटनलाई देवता र असुरबीचको लडाइँ भएको ठाउँको रूपमा चिनिन्छ । ‘देवता र असुरबीचको लडाइँ भएकाले बीचमा बग्ने नदीको नाम सुर्नया रहेको हो ।

‘यो ऐतिहासिक सहरलाई आधुनिक बनाउने काममा सबैले सहयोग गर्नुपर्छ’, पाटनका जिल्ला समन्वय समिति संयोजक सिद्धराज भट्टले भने, ‘पाटन नयाँ सहरको काम अघि बढाउन हामी सबै मिलेर अघि बढ्नुपर्छ ।’

पाटन नयाँ सहरअन्तर्गतका रिंगरोड, कर्भड हल निर्माण, बसपार्क निर्माण, ढल निकासका काम अझै सम्पन्न हुन सकेका छैनन् । ‘पाटन बजार क्षेत्रमा फोहरको पनि उस्तै समस्या छ । ‘ढल निकासको व्यवस्था नहुँदा बजार क्षेत्र दुर्गन्धित बन्ने गरेको छ’, स्थानीय लोकेन्द्रप्रसाद पन्तले भने, ‘पाटन नयाँ सहर योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सांसदहरूले पनि ध्यान दिनुपर्छ । बजेटसमेत कम छुट्याइएको छ । बजेट छुट्याउनेतर्फ प्रदेश र संघीय जनप्रतिनिधिहरूको ध्यान जानुपर्छ ।’

प्रस्तावित नयाँ सहरअन्तर्गत पाटन बजार क्षेत्र । अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.