दार्चुला–तिंकर सडक अलपत्र

दार्चुला–तिंकर सडक अलपत्र

 दार्चुला  : दशकदेखि निर्माण भइरहेको दार्चुला–तिंकर सडक आयोजना अलपत्र परेको छ । गत वर्षदेखि कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुला हँुदै तिंकर जोड्ने यस सडकको नाम महाकाली करिडोर राखिएको थियो । आर्थिक वर्ष ०६५÷६६ बाट निर्माण सुरु भएको यस सडकमा अहिलेसम्म २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भञ्ज्याङसम्मको १३० किलोमिटर लम्बाइको उक्त सडकको ४० किलोमिटर अगाडिको ठेक्काको काम अलपत्र परेको हो । पछिल्लो चार वर्षको अवधिमा यस सडकका लागि आएको ७० प्रतिशत बजेट फ्रिज हुने भएको छ ।

महाकाली करिडोर आयोजनाका अनुसार पछिल्ला चार वर्षको अवधिमा यो सडकका लागि ७१ करोड बजेट निकासा भएको थियो । त्यसमध्ये २२ करोड ९३ लाख मात्रै खर्च र बाँकी रकम फ्रिज भएको छ ।

खलंगादेखि हिकिलासम्म २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । साँघुरो तथा ग्रेड नमिलेको उक्त सडकमा जोखिम मोलेरै भए पनि जिप सञ्चालन भइरहेका छन् । गत वर्षदेखि करिडोरको नाममा बजेट विनियोजन हुन थालेपछि निर्माणाधीन दार्चुला–तिंकर सडक निर्माण सुस्ताएको हो ।

आव ०६७÷६८ देखि आव ०७०÷७१ सम्म विभिन्न सात प्याकेजमा सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि हालसम्म एउटा प्याकेज मात्रै काम सम्पन्न भएकोे छ । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव–बैतडीको झुलाघाट हँुदै दार्चुलासम्मको दूरी २ सय ९० किलोमिटर छ । यो हाल सञ्चालनमा रहेको महाकाली लोकमार्गको अत्तरिया–खलंगाभन्दा मात्र १५ किलोमिटर कम हो ।

दार्चुला–कञ्चनपुर जोड्ने छोटो मार्गका रूपमा रहेको महाकाली करिडोर हुनुपर्नेमा पञ्चेश्वर बाँधका कारण करिब ४० किलोमिटर लम्बाइ बढेको छ । सरकारको वार्षिक विकास कार्यक्रममा अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा पुरानो तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) हो । ब्रह्मदेवदेखि तिंकरसम्मको कुल ४ सय ३० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१÷४२ बाट सुरु गरिएको हो ।

आव ०७०÷७१ बाट नरसिंह जीभी, राईमाझी र जगदम्बाले लिएको ठेक्का हालसम्म पूरा गर्न नसक्दा उसलाई कालोसूचीमा राखिएको छ । कतिबेला बन्द, हडताल त कतिबेला ठेकेदारको लापरवाहीले दार्चुलामा सञ्चालित चालु योजनाले खासै गति लिन सकेको छैन ।

करिडोरअन्तर्गत लास्कु खोला सिरबगडमा सञ्चालित ठेक्का ०७४ को मंसिरमै सक्नुपर्ने भए पनि हालसम्म नसक्दा म्याद थप प्रक्रियामा रहेको तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखोलाले बताए ।

विस्फोटक भित्रियो तर प्रयोग हुन बाँकी

महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला तिंकर सडकमा चट्टान फोड्न विस्फोटक नभएकै कारण दुई वर्षयताको निर्माण शून्य थियो तर तीन साताअघि विस्फोटक पदार्थ दार्चुला पुगिसकेको छ ।

दार्चुलामा रहेको नेपाली सेनाको दुर्गदल गुल्ममा थन्किएको विस्फोटक साउन दोस्रो सातादेखि निर्माणमा प्रयोग गरिने छलफल भएको महकाली करिडोरका इन्जिनियर दिनेश रैखोलाले बताए ।

लामो समयसम्म विस्फोटक पदार्थ नभएकै कारण करिडोर निर्माण रोकिएपछि ब्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीको पहलमा बझाङस्थित निर्माणाधीन कालंगा जलविद्युत् योजनाबाट ९ दशमलव ३ मेट्रिक टन अर्थात् ९ हजार ३ सय किलोग्राम जिलेटिन तिंकर सडकका लागि सापट ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले नेपाली सेनासँग समन्वय गरेर निर्माणका लागि जिलेटिन प्रयोग हुने बताए ।

००००

क्याप्सन ः महाकाली करिडोरअन्तर्गत दार्चुलामा पर्ने राताकाठा क्षेत्र । तस्बिर ः सुन्दरसिंह धामी ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.