मेयर सुब्बाको शवयात्रा सुरु

मेयर सुब्बाको शवयात्रा सुरु

धरान : उपचारका क्रममा गत  मंगलवारका ग्रान्डी अस्पतालमा मृत्यु भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको शवयात्रा निकालिएको छ । शनिवार धरान– १७ स्थित सुब्बाको घरबाट निकालिएको पार्थिव शरिरलाई धरान उपमहानगरपालिकाको प्राङ्गनमा केहीबेर राखेर पब्लिक उच्च माविको खेल मैदानमा श्रद्धाञ्जलीका लागि राखिएको छ।

स्वर्गीय सुब्बाको पार्थिव शरिरमा संघीय सरकारका उपप्रधानमन्त्री  इश्वर पोखरेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संयुक्त रुपमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । सुब्बाको पार्थिव शरिरमा श्रद्धाञ्जली दिनका लागि प्रदेश सरकारका मन्त्रीहरु, संसद तथा प्रदेश संसद, धरान उपमहानगरपालिकाका सर्बसाधारण, नेकपाका नेता कार्यकर्ता र काग्रेसका नेता कार्यकर्ताहरुको भीड लागेको छ । पब्लिक उच्च माविमा श्रद्धाञ्जली सकिएपछि सुब्बाको पार्थिव शरिरलाई धरान बजार परिक्रमा गरी हरियाली सामुदायिक वन क्षेत्रमा लगेर लिम्बु संस्कृति अनुसार दाहसंस्कार गरिने बताइएको छ। 

सद्वञ्जलीसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सुब्बाको निधनले सिंगो देश र नेकपालाई अपूरणीय क्षति पुगेको बताए । उनले सुब्बाका अधूरा कामलाई नेकपाका अन्य कार्यकर्ताहरुले पूरा गरी उनको सपना साकार पार्ने बताए ।

       ५२ वर्षीय मेयर सुब्बा फोक्सोमा इन्फेक्शन भएका कारण उनी एक महिनाअगाडि उपचारका लागि काठमाडौं गएका थिए । निदान अस्पतालमा उपचार्राथ सुब्बाको स्वास्थ्य स्थितिमा खासै सुधार नआएपछि थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी रहेका सुब्बालाई निमोनियाका कारण निधन भएको हो।

तीन बर्ष अगाडि भारतमा मृगौला प्रत्यारोपण गरिएका सुब्बा २०७४ असार १४ गते सम्पन्न स्थानीय निर्वाचनमा तत्कालीन एमालेका  तर्फबाट धरानको मेयरमा निर्वाचित भएका थिए । सुब्बाको निधन पश्चात उनको समृद्ध धरानको परिकल्पाना ओझेलमा परेका नेकपाका कार्यकर्ताहरुको भनाई छ।

धरान उपमहानगरपालिकाका मेयर तारासुब्बाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्दे संघीय सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेश १ का मूख्यमन्त्री शेरधन राई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.