महन्थ ठाकुरको थाप्लोमा महाधिवेशनको भार, राजपाको विधान कार्यन्वयन होला?

महन्थ ठाकुरको थाप्लोमा महाधिवेशनको भार, राजपाको विधान कार्यन्वयन होला?

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) संयोजकमा महन्थ ठाकुर पुन: चयन भएका छन्। संयोजक ठाकुरले पार्टी केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार पदभार ग्रहण गरेका हुन्।

पार्टीको चक्रिय नेतृत्व प्रणाली अनुसार सोमबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई पार्टी संयोजकको जिम्मा दिइएको हो। यसअघि राजकिशोर यादवले संयोजक थिए। राजपामा दुई महिनाको चक्रिय नेतृत्व प्रणाली अनुसार ठाकुर ११ महिनापछि पार्टी संयोजक भएका हुन्।

साढे तीन वर्षअघि तात्कालीन ६वटा मधेस केन्द्रित पार्टीहरुबीच एकता भएर राजपा नेपाल गठन भएपछि ठाकुरले संयोजक भएका थिए। तर, पार्टीको नेतृत्वमा तहमा असन्तुष्टि बढेपछि राजपामा चक्रिय नेतृत्व प्रणनलीमा संयोजक चयन गर्न थालिएको थियो। यसअघि राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले संयोजकको जिम्मेवारी पाइसकेका छन्। 

ठाकुरलाई यसपालि पार्टीको एकता महाधिवेशन गराउने चुनौती छ। गत वैशाख पहिलो हप्ता बसेको राजपा पदाधिकारी बैठकले यही कार्तिक २७ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। उक्त बैठकले महाधिवेशनको मुल तयारी समितिसमेत ठाकुरकै नेतृत्वमा गठन गरेको छ। 

यसअघि राजपाले वैशाख ७ देखि ९ गते महाधिवेशन गर्ने घोषणा गरेको थियो। तर, तयारी नपुगेको भन्दै महाधिवेशन गर्न सकेन। एकीकरणका बेला एक वर्षभित्र पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरिएको थियो। तर, एकीकरणको साढे तीनवर्ष गुर्जिएपनि राजपाको महाधिवेशन अनिश्चत जस्तै देखिएको छ। 

कार्तिकमा गर्नेगरी नयाँ मिति घोषणा भए पनि राजपाभित्र त्यसको तयारी भएको देखिदैन। निर्वतमान संयोजक राजकिशोर यादवले महाधिवेशनका लागि पार्टीभित्रै आन्तरिक छलफल र तयारी भइरहेको बताएका छन्। 

‘हामी कसरी महाधिवेशन कार्तिकमै गर्न सकिन्छ भन्ने बारेमा आन्त्रिक छलफल गरिरहेका छौ’ यादवले अन्नपुर्णसँग भने,‘एकता महाधिवेशन भएकाले शीर्ष तहमा सहमती गरेर कुनै उपाय निकाल्न सकिन्छ।’  

अब हुने महाधिवेशनबाट राजपा एकल नेतृत्वमा जाने निर्णय भएको छ। त्यस अनुरुप पार्टीको नयाँ विधानसमेत तयार पारिएको छ। जुन विधान महाधिवेशनबाटै कार्यन्वयनमा आउने छ। नेता लक्ष्मणलाल कर्ण नेतृत्वको समितिले पार्टीको नयाँ विधान तयार पारेर अध्यक्ष मण्डललाई बुझाइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.