सी आउँदा मधेसी दल मौन

सी आउँदा मधेसी दल मौन

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा पनि कुनै जानकारी नदिएपछि समाजवादी पार्टी र राजपा नेपाल मौन देखिएका छन्। प्रतिनिधि सभाको तेस्रो र चौथौ दलको हैसियतमा रहेको समाजवादी पार्टी र राजपा नेपालको प्रदेश नम्बर दुईमा सरकारसमेत छ।

समाजवादी पार्टी केन्द्रीय सरकारमा समेत सहभागी भए पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई सरकारले खासै वास्ता गरेको छैन। समाजवादी पार्टी र राजपाका केही शीर्ष नेतालाई शनिबार बेलुकीको रात्रि भोजमा आमन्त्रण गरिए पनि सीसँगको नेकपा र कांग्रेस नेताजस्तो भेटघाटको समय छुट्याइएको छैन। समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले चिनियाँ राष्ट्रपति सीको भ्रमण दलसँगको कुनै पनि प्रकारको छलफल र भेटघाट नरहेको बताए।

‘डिनरमा पार्टीका केही शीर्ष नेतालाई बोलाएका मात्रै हुन्’, थापाले अन्नपूर्णसँग भने, ‘त्यसबाहेक कुनै पनि भेटघाट वा छलफल छैन।’

राजपा नेपालका नेताले पनि चिनियाँ राष्ट्रपति सीको सम्मानमा शनिबार हुने रात्रिभोज बाहेक कुनै पनि प्रकारको निम्तो नरहेको बताए। राजपा अध्यक्षमण्डल सदस्य राजकिशोर यादवले सीको भ्रमण दलसँग कुनै प्रकारको भेटभाट वा छलफल नरहेको बताए।

सीको भ्रमणको तयारीको क्रममा सरकारमै रहेको समाजवादी र बाहिर रहेका राजपा नेताले सामान्य जानकारी पनि नगराएको भन्दै औपचारिक रूपमा त्यसबारे टिप्पणीसमेत गर्न चाहेका छैनन्। राजपा नेता यादवले भने, ‘हामी पनि सञ्चारमाध्यमबाटै समाचारमा आएका कुरा थाहा पाइरहेका छौं, त्यसैले यसबारे अहिले नै केही टिप्पणी गर्न सकिन्न।’ यसैगरी समाजवादी पार्टीका विदेश विभाग प्रमुख थापाले पनि उत्तरी छिमेकी चिनियाँ राष्ट्रपति सीको भ्रमणमा अहिले नै केही टिप्पणी गर्न नसकिने बताए।

थापाले दुई पक्षबीच कस्तो सहमति हुन्छ त्यसपछि मात्रै धारणा बनाउने बताए। दुई दिनअघि प्रधानमन्त्री केपी ओलीले गरेको छलफलमा समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले रेल सम्झौता गर्दा सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका थिए। उनले ऋणभन्दा पनि अनुदानमा रेल निर्माणको सम्झौतामा जोड दिन सुझाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.