समाजवादी पार्टीमा सरकारबाट बाहिरिन दबाब

समाजवादी पार्टीमा सरकारबाट बाहिरिन  दबाब

काठमाडौं : उपप्रधानमन्त्री पद लिएर सरकारमा सामेल भएको समाजवादी पार्टीभित्रै सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ। डेढ वर्षअघि नेकपाका दुवै अध्यक्षसँग संविधान संशोधन गराउने हस्ताक्षर गराएर सरकारमा गएका समाजवादीका अध्यक्ष उपेन्द्र यादवमाथि अहिले दबाब बढ्दै गएको छ।

गत वैशाखमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय समितिको बैठक गरेर सरकारबारे आधिकारिक धारणा बनाउने सहमति भएको थियो।

समाजवादीका नेता राजेन्द्र श्रेष्ठले कात्तिकको २९ र ३० गते बस्न लागेको केन्द्रीय समिति बैठकले यसबारेमा धारणा तय गर्ने बताए। बैठक बसेमा एकीकरणपछिको पहिलो बैठक हुनेछ। पार्टीे पदाधिकारीको सोमबार बसेको बैठकले कात्तिक २८ गते संघीय परिषद्को बैठक गर्ने निर्णय गरेको छ। पार्टीमा संघीय परिषद्को अध्यक्षता पूर्वप्रधानमन्त्री भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने व्यवस्था छ।

संशोधनको मुद्दा उठाउँदै संविधानविरुद्ध आन्दोलन गरेकाले यादवको पार्टीमा सरकारप्रति दिन प्रतिदिन प्रश्न उठ्न थालेको छ। यसअघि सरकारको विरोधमा रहेका पूर्वप्रधानमन्त्री भट्टराई पनि त्यसमा थपिएपछि यो मुद्दा बलियो भएर आउन थालेको छ। गत साता राजविराजमा आयोजित पार्टीको कार्यक्रममा उपाध्यक्ष रेणु यादवले नै संविधान संशोधन नभएकाले पार्टी किन सरकारमा बसिरहेको प्रश्न गरिन्। अध्यक्ष यादवसमेत उपस्थित उक्त कार्यक्रममा नेत्री यादवले सरकारमा सहभागिताको प्रश्न उठाएपछि अध्यक्ष यादवले अब चाँडै सरकारसँग संशोधनबारे ठोस कुराकानी गर्ने आश्वासन दिए। उनले संविधान संशोधन नभए पार्टी चाँडै सडक आन्दोलनमा उत्रने चेतावनीसमेत दिए।

नेता श्रेष्ठले पार्टीको मुख्य एजेन्डा नै संविधान संशोधन भएकाले त्यसबारे पार्टीभित्र प्रश्न उठ्नु स्वाभाविक भएको टिप्पणी गरे। ‘पार्टीभित्र छलफल र विमर्श हुनु स्वाभाविक कुरा हो,’ उनले भने, ‘केन्द्रीय समिति बैठकले यसबारे टुंगो लगाउनेछ।’

सोमबार बसेकोे समाजवादीकोे पदाधिकारी बैठकले केन्द्रीय समिति र संघीय समितिको बैठकसँगै विभागहरूलाई पूर्णता दिएको छ। बैठकले महेन्द्र   श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय अनुशासन आयोग, अमरेशनारायण झाको नेतृत्वमा १७ सदस्यीय लेखा आयोग र डा. शिवजी यादवको नेतृत्वमा १९ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। त्यसैगरी मोहनलाल चौधरी प्रमुख रहेको संवैधानिक तथा कानुनी व्यवस्था विभाग, उदयकान्त मि श्र प्रमुख रहेको भ्रष्टाचार निवारण तथा सुशासन विभाग र रामरिझन यादव संयोजक रहेको समाजवादी जनअभियान गठन गरेको छ।

केन्द्रीय कार्यालयको भवन निर्माण गर्न वरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, हिसिला यमी, दुर्गा सोब, मोहम्मद इस्तियाक राई, प्रेमनारायण थापा, गणेश योन्जन, आङकाजी शेर्पा, वीरेन्द्र महतो, कमला गुरुङ र श्रवण अग्रवाल रहेको ११ सदस्यीय भवन निर्माण समितिसमेत गठन गरेको छ। समाजवादीले काठमाडौं केन्द्रीय कार्यालय निर्माण गर्न लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.