टर्‍यो राजपा-समाजवादी एकीकरण

टर्‍यो राजपा-समाजवादी एकीकरण

काठमाडौं : पछिल्लो समय राजपा नेपाल र समाजवादी पार्टीबीच भइरहेको एकीकरण प्रयास टरेको छ। गत शुक्रबार दुई दलका शीर्ष नेतृत्व तहमा भएको कुराकानीमा समाजवाद पार्टीले आरम्भमा गरेका शर्तबाट पछि हटेका कारण एकीकरण टरेको राजपा नेपालका नेताले बताएका हुन्।

समाजवादी पार्टीका नेताले भने त्यसबारेमा मुख खोलेका छैनन्। शुक्रबार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास हात्तीवनमा दुई पक्षबीच छलफल भएको थियो। समाजवादीका तर्फबाट यादवसहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राजपा नेपालको तर्फबाट राजेन्द्र महतो थिए। संयोजक महन्थ ठाकुर पनि जाने बताए पनि स्वास्थ्यका कारण उपस्थित भएनन्।

उक्त बैठकको एक साताअघि पूर्वप्रधानमन्त्री भट्टराई ठाकुरकै निवास पुगेर एकीकरणको बारेमा छलफल गरेका थिए। आधारहरू तयार गरिरहेका थिए। हात्तीवनमा भएको छलफलमा एकाएक समाजवादी पार्टीका अध्यक्ष यादवले पहिला एकीकरणका लागि नेतृत्वको मोडेल र अधिकारको बाँडफाँटको कुराबाट पछि हटेपछि समस्या परेको राजपा नेतृत्वले बताएको छ। आइतबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले महतो त्यसबारेमा ब्रिफिङ गरेका हुन्। राजपा अध्यक्ष मण्डल सदस्य महेन्द्र यादवका अनुसार एकीकरण आममधेस-जनजातिको चाहना भए पनि अहिले नै निश्चितका साथ भन्न सक्ने अवस्था छैन।

यद्यपि उनले एकीकरणको सम्भावना पूरै नटरेको दाबी गरे। तर स्रोतका अनुसार शुक्रबारको अनौपचारिक दुईपक्षीय छलफलमा समाजवादी पार्टी पूरै पछाडि हटेको निष्कर्ष राजपा वार्ता टोलीका संयोजक महतोले पार्टीलाई सुनाएका छन्। महतोले भने यसबारेमा सञ्चारमाध्यमसँग कुरा गर्न इन्कार गरे। पछिल्लो समय राजपाको तर्फबाट ठाकुरलाई एकीकृत पार्टीको पहिलो नम्बरको नेता बनाएर एकीकरण गर्ने र दोस्रोमा भट्टराई, तेस्रोमा यादव र चौथौमा महतोलाई राखेर एकीकरण गर्ने छलफल चलिरहेको थियो।

ठाकुरलाई सर्वमान्य नेताका रूपमा राखेर भट्टराई, यादव र महतोबीच कार्य विभाजनको तयारी भइरहँदा यादवले गएको शुक्रबार ठाकुरलाई बिनाअधिकार सर्वमान्य र समाजवादीकै अहिलेकै कार्यक्षेत्रमा महतोलाई चौथौ नेता बनाएर एकीकरण गर्न नयाँ प्रस्ताव गरेका थिए। राजपाका शरदसिंह भण्डारी र महेन्द्र यादवलाई पनि राजेन्द्रपछि सचिवालयमा राख्ने बताएपछि महतो बिच्किएका हुन्। यद्यपि समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले यसबारे केही बोल्न चाहेनन्।

राजपा स्रोतका अनुसार गएको शुक्रबारको संवादबाट अपमानित महसुस गरेका राजपा वार्ता टोली संयोजक महतो अब तत्काल संवाद गर्ने मनस्थितिमा छैनन्। कात्तिक २८ गतेदेखि समाजवादी पार्टीको संघीय र केन्द्रीय परिषद्को बैठक बस्दैछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.