सिके राउतको पार्टी पनि उपनिर्वाचनमा

सिके राउतको पार्टी पनि उपनिर्वाचनमा

काठमाडौं : मंसीर १४ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने भएको छ। गएको फागुनमा प्रधानमन्त्रीसँग सहमति गरेर मूलधारको राजनीतिमा आएका राउतले वैशाखमा आफ्नो नेतृत्वमा जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यसअघि उनले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुट्टै मधेस राष्ट्रको अभियान चलाउँदै आएका थिए।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार उपनिर्वाचनका लागि २७ गतेको स्थानीय तहको उम्मेदवारी दर्तामा पार्टीले तराई मधेसमा उम्मेदवारी दिन लागेको छ। उनले भने, ‘अहिले हाम्रो संगठन तराई मधेसमा मात्र राम्रो भएकाले उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहमा उम्मेदवारी दिन लागेका छौं।’ जनमत पार्टीले प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनमा भाग लिने छैन। सिंहले पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेकाले चुनावमा सहभागी हुन लागेको बताए।

यसअघि भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव राउत नेतृत्वको तत्कालीन संगठनले ‘कोठली बाहर मतदान’ को अभियान नै चलाएको थियो। पृथक्तावादी अभियान त्यागेर आएका राउत पछिल्लो समयमा संगठन विस्तारमा लागेका छन्। उनले पछिल्लो समय प्रदेश २ को सरकार र राजपा–समाजवादी पार्टीको चर्को आलोचना गर्दै आएका छन्। भर्खरै काठमाडौंमा पार्टी कार्यालय खोलेका उनले आउँदो मंसीर ७ गते रंगभेदविरुद्ध दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आमसभा गर्न लागेको छ।

आमसभामा नेपालमा रहेका जातजातिको जातीय, सांस्कृतिक नाच र गीतसमेत प्रस्तुत गरिनेछ। राउत अन्य पार्टीका नेताहरूलाई पनि आमसभामा सहभागी हुन आमन्त्रण गर्ने तयारीमा छन्। पार्टी नेता सिंहका अनुसार आमसभामा विभिन्न जिल्लाबाट समर्थक ल्याउन लागिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.