समाजवादी पार्टीले सरकार नछाड्ने

समाजवादी पार्टीले सरकार नछाड्ने

काठमाडौं : समाजवादी पार्टी सरकारबाट तत्काल नबाहिरिने भएको छ। पार्टीको शनिबार अबेर रातिसम्म बसेको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो। बैठकले अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई सत्तारुढ नेकपासँग वार्ता गर्ने जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

यसैगरी मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीले असहमति जनाएको छ। गत बुधबार प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टी रुष्ट बनेको थियो। सरकारबाट बाहिरिने कि सरकारमै बसिरहने समाजवादीले शनिबार छलफल थालेको हो। उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवसँग कुनै सल्लाह नगरी प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरेपछि उनी असन्तुष्ट छन्।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्दा यादव नयाँ दिल्लीमा थिए। उनी शुक्रबार साँझ काठमाडौं फर्किएका थिए। स्वदेश फर्किएपछि शनिबार दिउँसो पार्टी कार्यालयमा राति अबेरसम्म बसेको थियो।  अध्यक्षद्वयसहित पदाधिकारीले समसामयिक राजनीतिक स्थितिमाथि बैठकमा धारणा  राखेका थिए। प्रचारविभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार हालै बसेको केन्द्रीय समिति बैठकपछि विकसित राजनीतिक घटनाक्रममा पार्टीले लिनुपर्ने मार्गबारे विभिन्न दृष्टिकोण प्रस्तुत र तिनमाथि छलफल  भएको थियो। 

उपप्रधानमन्त्री यादवको मन्त्रालय प्रधानमन्त्रीले परिवर्तन गरेपछि समाजवादीभित्र दुई धार देखिएको छ। अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष सरकारबाट बाहिरिनु पर्ने पक्षमा छन् भने यादवनिकट केही नेताले तत्काल बाहिरिनुभन्दा सरकारमै बसेर रणनीतिक रूपमा खेल्नुपर्ने तर्क गरेका छन्। पार्टीभित्रै कतिपय शीर्ष नेताले उपप्रधानमन्त्री यादवलाई अपमानित गरी प्रधानमन्त्रीले मन्त्रालय हेरफेर गरेको भन्दै सरकारबाट बाहिरिनु पर्ने तर्क गरेका छन्। 

यसअघि गत २७, २८ र २९ गते बसेको पार्टीको संघीय र केन्द्रीय परिषद् बैठकमा  भट्टराई र यादवले १४ मंसिरमा हुने उपनिर्वाचनपछि प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न म्याद तोकेर नै अल्टीमेटम दिने र संशोधनको प्रयास नभए सरकार छाड्ने निष्कर्ष निकालेका थिए। भट्टराईले तत्काल सरकार छाडेर वैकल्पिक शक्ति निर्माणमा जानुपर्ने र सरकारविरुद्ध आन्दोलनको प्रस्तावसमेत गरेका थिए। ‘यसबीच विकसित राजनीतिक घटनाक्रमलाई समेत पार्टीले विश्लेषण गर्दै छ,’ पाण्डेले भने, ‘बैठकमा गम्भीर छलफल र समीक्षा भइरहेको छ।’ 

शनिबार दिउँसो पार्टी कार्यालयमा औपचारिक बैठकअघि अध्यक्षद्वय यादव र भट्टराईले अनौपचारिक छलफल गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.