२५ ठाउँमा सभा गर्दै जनमत

२५ ठाउँमा सभा गर्दै जनमत

काठमाडौं : सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसका सबै जिल्लामा आमसभा गर्ने भएको छ। पर्सामा भएको केन्द्रीय समिति बैठकले पुस पहिलो सातादेखि फागुनभित्र आमसभा गर्ने कार्यतालिका तय गरेको छ।

पूर्वको झापाबाट पश्चिमको कञ्चनपुरसम्म आमसभा गर्ने गरी ७ पुसदेखि १७ फागुनसम्मको कार्यतालिका सार्वजनिक पार्टी अध्यक्ष राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तराईका स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको उक्त पार्टीले संगगठन विस्तारलाई तीव्रता दिँदै आएको छ। आगामी निर्वाचनमा देशभर उम्मेदवारी दिने उक्त पार्टीले जनाएको छ। जनमतले ७ मंसिरमा काठमाडौंमा आमसभा गरेको थियो।

राउत गत फागुनमा शान्तिपूर्ण राजनीतिमा आएका थिए। उनले वैशाखमा विगतका संगठन विघटन गरी जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए। ‘हामी पूर्णरूपमा संगठन विस्तारमै छौ’, जनमतका नेता चन्दन सिंहले अन्नपूर्णसँग भने। राम्रो मत नल्याए पनि उपनिर्वाचन ‘सही प्रयोग भएको’ निष्कर्ष बैठकले निकालेको छ।

मधेसकेन्द्रित अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउने रणनीति जनमतले लिएको छ। बैठकले मधेस नेतृत्व पुञ्ज गठन गर्ने निर्णयसमेत गरेको छ। पुञ्जको संयोजकमा केन्द्रीय सदस्य ललित मल्लिक ‘सानु’ छन्। समाजवादी र राजपामा असन्तुष्ट बनेका छुट्टै मञ्च उपलब्ध गराउन यो गठन गरिएको एक नेताले बताए।

विदेशमा रहेका मधेसीमा जोड

स्वतन्त्र मधेस अभियान चलाउँदा राउतलाई गैरआवासीय मधेसी संघले सघाएको आरोप चौतर्फी थियो। राउत आफैं संस्थापक रहेको यो संस्थाको सञ्जाल ४७ देशमा छ। संघका अध्यक्ष वसन्त कुशवाहालाई राउतले पार्टीको विदेश विभाग प्रमुख बनाएका छन्। १९ सदस्यीय विभागमा अमेरिका, कुवेत, मलेसिया, अस्ट्रेलिया, भारतलगायत देशमा सक्रिय संघका प्रतिनिधि सदस्य छन्।

मूलधारको राजनीतिमा आउने घोषणा गरेलगत्तै राउतले यी संस्था रहेको देश भ्रमण गरी कार्यक्रम गरेका थिए। त्यसपछि उनले पार्टी दर्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.