नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

नेपालमा अर्को एकजना कोरोना संक्रमित थपिए

काठमाडौं  : नेपालमा शुक्रबार अर्को एकजना कोरोना (कोभिड-१९) भाइरस संक्रमित भेटिएका छन्।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा  कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताए। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनाइ छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १३ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ३, पाटन अस्पतालमा ६ र  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ गरेर १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कान्तिबाट ६ र टेकु अस्पतालबाट पाँचजना गरी ११ जना डिस्चार्ज भएका छन्। 

कोराना पुष्टि भएका दुई जनाको अझै पनि टेकु अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका पुरुष भने उपचारपछि स्वस्थ भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.