वर्षे अधिवेशनमा ‘मान्यज्यू’लाई आचारसंहिता : हात धोएर प्रवेश गर्ने, तोकिएको कुर्सीमा बस्ने

वर्षे अधिवेशनमा ‘मान्यज्यू’लाई आचारसंहिता : हात धोएर प्रवेश गर्ने, तोकिएको कुर्सीमा बस्ने

काठमाडौं : नेपालमा कानुनको भन्दा शक्तिको प्रयोग  धेरै  हुन्छ। शक्तिको प्रयोग गर्दै गर्दा नियम र कानुन भुल्न नेता माहिर छन्। नेताको नाम लिएर शक्ति प्रदर्शन गर्दै धन्दा चलाउनेको संख्या पनि कम छैन। कानुन निर्माणको थलो संसद सबैभन्दा धेरै मर्यादित हुनुपर्छ। यद्यपि त्यहा कुटाकुट, कुर्सीको झटारो हान्नेदेखि जुत्ता प्रहारसम्म भएका घटना हामीले देखेका छौँ। 

तर, अहिले परिस्थिति परिवर्तन भएको छ। धनी, शक्तिशाली र आफूलाई सर्वोपरी ठान्नेलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले मर्यादित बन्न बाध्य बनाएको छ। किनकी यसको विश्वव्यापी आजसम्मको उपचार नै शान्त भएर एकान्तमा बस्ने हो। 

कोरोना संकटकै बीचमा शुक्रबारबाट संघीय संसदको बजेट अधिवेशन हुँदैछ। संसद भवनमा प्रवेश गरेर सधै ठूलाठूला भाषण गर्ने पूर्वप्रधानमन्त्री, मन्त्री र मान्य सदस्य शुक्रबार ल्होसे हलमा स्वास्थ्यकर्मीका अगाडि धमाधम ‘मुख’ बाइरहेका थिए। कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न पुगेका स्वास्थ्यकर्मी ठूलाठूला नेतामाथि ‘हावी’ देखिन्थे। थ्रोट स्वाबको नमुना लिन मुख बाउने क्रममा देखिएका नेताका अनुहारको बनावट विभिन्न तस्बिरमा देखिएकै छ। संघीय संसदको बजेट अधिवेशन सुरु हुनु अघि कोरोना नेगेटिभ देखिएको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएपछि बिहीबार स्वाबको नमुना संकलन गरिएको हो। 

पीसीआर नमुना संकल बाँकी रहेका सांसद, कर्मचारी तथा मर्यादापालको शुक्रबार बिहान ८ देखि १० बजेसम्म हुँदैछ। संसद सचिवालयले बैठक सञ्चालनका अवधिमा पालना गर्नुपर्ने विभिन्न स्वास्थ्य सुरक्षा बारे तयारी गरेको छ। केही बुँदामा सांसदका लागि सूचना सार्वजनिक गरेको सचिवालयले बैठकमा प्रवेश गर्दा, सिटमा बस्दा र निस्कदा पालना गर्नुपर्ने आचारसंहिता समेत बनाएको छ। 

कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय 
-विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने,
-राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य एउटै सिटमा बस्ने,
-प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने,
-संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने,
-क्यान्टिन र सभाहल बाहिर अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने,
-संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने,
-दर्शक दीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने,
-मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने  तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने,
-स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोभिड-१रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।

आचारसंहिता 
-सबै सहभागीहरुले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ,
-मेडिकल मास्कको प्रयोग बैठक अवधीभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ,
-सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ,
-सकेसम्म समूहगत छलफलन नगर्ने, गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने,
-आफूलाई स्वास्थ्य सम्बन्धि कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदि) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ,
-बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने,
-बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नुपर्ने।

अनुगमन टोली 
मन्त्री, सांसद, कर्मचारी र सुरक्षाकर्मीले आचार संहिता पालना गरे नगरेको अनुगमन एक विशेष टोलीले गर्नेछ। टोलीको संयोजक स्वास्थ्य सेवा विभाग टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलले गर्नेछन्। उनीसँगै अनुगमन टोलीमा स्वास्थ्य सेवा विभाग टेकुकी नर्सिङ अधिकृत यसोदा बराल, स्वास्थ्य सेवा विभाग टेकुका वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा रहेका छन्।

४४१ को स्वाबको संकलन

बिहीबार संघीय संसद्को राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्य, सचिवालयका कर्मचारी र सुरक्षाकर्मी गरेर ४४१ जनाको स्वाबको संकलन गरिएको छ। 

संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार बिहान १० बजेदेखि सुरु भएको परीक्षणमा दिउँसो ३ बजेसम्म चलेको थियो। सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलनमा मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान) को प्राविधिक जनशक्तिले समन्वय गरेको छ। बिहीबार १७९ प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ कर्मचारी र मर्यादापालक गरेर ४४१ जनाले स्वाबको नमुना निकालिएको हो । 

संघीय सांसदको प्रतिनिधि सभामा २७५ र राष्ट्रिय सभामा ५८ सांसद छन्। आज संकलन भएका सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। सबै स्वाबको रिपोर्ट २४ घण्टाभित्रमा आउने सचिवालयले जनाएको छ। रिपोर्ट आएपछि त्यो देखाएर मात्र सांसदले बैठक कक्षमा प्रवेश पाउने छन्।कोरोनाको महामारीकै बीचमा शुक्रबार दिउँसो ४ बजेपछि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ।  

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.