वामदेव गौतम अब माननीय

वामदेव गौतम अब माननीय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिएका छन्। 

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए। संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए। अढाई वर्षअघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्।

राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए। 

फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभाको एक पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनःनियुक्त गर्ने चर्चा चलेको थियो। उक्त विषयले नेकपामा विवाद चर्किएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी सचिवालय बैठकमा गराएका थिए। 

फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि डा. खतिवडा गैर सांसदको रुपमा ६ महिनाम्म मन्त्री बनेका थिए। गौतमलाई सरकारले राष्ट्रियसभामा सिफारिस गर्ने निर्णयसँगै उनको मन्त्री पद जाने निश्चित भएपछि खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। खतिवडालाई अहिले प्रधानमन्त्री ओलीले मन्त्रीकै सुविधामा विशेष आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.