सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

काठमाडौं : एक महिनामा करिब २५ प्रतिशत अर्थात् ४०७ अंक बढेर गत बिहीबार २०६३ अंकमा बन्द भएको सेयर बजारमा आइतबार भने ‘पहिरो’ गयो। एकै दिन १२३.३४ अंक (६ प्रतिशत)को कमीपछि लगानीकर्ता हतोत्साही हुन पुगे। 

गत साताको अन्त्यतिर नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको विद्यमान प्रावधानलाई कसिलो बनाउन सक्ने हल्ला फैलिएको थियो। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गत साता केन्द्रीय बैंकले व्यक्तिगत ओभरड्राफ्ट (अधिविकर्ष) कर्जा, सेयरको धितोमा दिइने कर्जा र घरजग्गा कर्जामा ‘पुनरावलोकन गर्ने’ भनेको थियो।  पुनरावलोकनको अर्थ नप्रस्ट्याइएको भए पनि ‘नियन्त्रणमुखी’ नीति आउनसक्ने भन्दै केही सेयर लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै नीतिगत परिवर्तन नगर्न आग्रह गरिसकेका छन्। 

गत साउनमा मौद्रिक नीतिले धितोमा राखिएको सेयर मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन सकिने पुरानो व्यवस्थालाई बढाएर ७५ प्रतिशत पुर्‍याएको थियो। यो व्यवस्था कार्यान्वयपछि सेयर बजारले बढ्दो रफ्तार समात्यो। मौद्रिक नीति जारी गर्दाको अवस्थामा १४ सय अंकको हाराहारी रहेको सेयर बजार सूचक अहिले २ हजार अंक नाघिसकेको थियो। 

उता नेपाल धितोपत्र बोर्डले पनि सेयर बजारको वृद्धि अस्वाभाविक भएको भन्दै लगानीकर्तालाई सचेत भएर कारोबार गर्न भनेको छ। १५ मंसिरमा बोर्डले सूचना जारी गर्दै लगानीकर्तालाई सचेत गराएको थियो। बोर्डले संकास्पद कारोबारको छानबिन गर्ने खबर पनि आइरहेका छन्। विगतमा पनि बोर्डले यस्ता सूचना निकाल्ने तर छानबिन र काराबाही कहिल्यै नगर्ने प्रवृत्ति देखाउँदै आएको छ। 

बोर्डको छानबिनको ‘त्रास’ भन्दा पनि राष्ट्र बैंकको सम्भावित नीतिगत कडाइप्रति लगानीकर्ता सशंकित देखिन्छन्। उद्योग व्यवसायमा नगद अभाव हुन नदिन प्रयोग गरिने ओभरड्राफ्ट कर्जा शीर्षकमा अधिकांश ऋणीले बैंकबाट लिएको ऋण पनि सेयरमै लगानी गरेको लगानीकर्ताले बताउँदै आएका थिए। कोरोना महामारीका कारण अन्य पेशा व्यवसायको आम्दानी घटेपछि सेयरबाट धेरै नाफा कमाउन लालायित भएका त्यस्ता ऋणीका लागि राष्ट्र बैंकको पछिल्लो कदम ‘जोखिमपूर्ण’ हुन सक्ने ब्रोकर बताउँछन्। 

यही कारण आइतबार भारी मात्रामा सेयर बजार खस्किएको छ। आइतबार १९७ वटा कम्पनी तथा कोषका धितोपत्र कारोबार भएकोमा जम्मा ८ वटा धितोपत्रको मूल्य मात्रै बढ्यो। बाँकी सबैको मूल्य घटेको छ। सबै वर्ग र समूहगत परिसूचक ओरालो लागे। करिब ७ अर्ब २१ करोडको व्यापार भयो। यदि राष्ट्रबैंकको नीतिगत परिवर्तन आइदियो भने ठूलो रकम जुटाउनुपर्ने भएकाले लगानीकर्ताले सेयरको बिक्रीचाप बढाएका छन्। तर, अहिले नै बजारले ओरालो बाटो समातिहाल्छ भन्ने आँकलन गर्न भने हतार हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.