अर्थतन्त्र सुध्रिन समय लाग्ने

अर्थतन्त्र सुध्रिन समय लाग्ने

काठमाडौं : विश्व बैंकले आउँदो वर्ष विश्व अर्थतन्त्रको पुनरुत्थान हुने अनुमान गरेको छ। तर, उसले नेपालका लागि भने निराशाजनक आँकडा पस्केको छ। विश्व बैंकले बुधबार साँझ जारी गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरू (ग्लोबल इकोनोमिक प्रोस्पेक्टस)सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

बैंकले सन् २०२१ भरिमा कोभिड १९ विरुद्धको खोप संसारभर वितरण भइसक्ने आकलन गरेको छ। त्यसपछि महामारी अन्त्य भई लगानी प्रवद्र्धन हुने भन्दै बैंकले आगामी वर्ष विश्व अर्थतन्त्र ४ प्रतिशत हाराहारीमा बढ्ने अनुमान सार्वजनिक गरेको छ। तर, सोही प्रतिवेदनले नेपाली अर्थतन्त्रको आकार भने अझै एक वर्षसम्म खासै बढ्न नसक्ने उल्लेख गरेको छ।

उक्त प्रतिवेदनका अनुसार सन् २०२० मा पूर्वी एसियाका चीन, बर्मा र भियतनामले आर्थिक वृद्धिलाई धनात्मक राख्न सके। दक्षिण एसियामा बंगलादेश, भुटान र नेपालले मात्र अर्थतन्त्रलाई पहिलेभन्दा खुम्चनबाट जोगाउन सफल भए। तर, सन् २०२१ मा पूर्वी एसिया र प्रशान्त क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्ने आकलन विश्व बैंकले गरेको छ। यही बेला दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र साढे ३ प्रतिशतभन्दा पनि कमै मात्र विस्तार हुने र नेपालले त खासै अर्थतन्त्र बढाउन नसक्ने अनुमान गरिएको छ। यो अनुमानले भविष्यमा नेपाललाई अधिकांश छिमेकी मुलुकको तुलनामा झनै गरिब बनाउने देखाउँछ। 

सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर ४.३ प्रतिशत ऋणात्मक रहेको अनुमान छ। कोरोना महामारीका कारण धेरै मानिसको मृत्यु भएको र दशौं लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिएका छन्। विश्वभरै आर्थिक गतिविधि सुस्ताएको छ। अहिलेको ‘डिप्रेसन’ अवस्थाबाट अर्थव्यवस्थालाई गतिशील बनाउन पनि तत्कालका लागि महामारी नियन्त्रण एवम् खोपको सरल तथा विश्वसनीय आपूर्तिमा सरकारहरूले प्राथमिकता दिनुपर्ने विश्व बैंकले भनेको छ।

नेपालजस्ता मुलुकले विप्रेषण र पर्यटनमा आधारित आर्जनको विकल्प तयार पार्न र विदेशी ऋणको भार घटाउन प्रयत्न गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यो प्रतिवेदनले अधिकांश विकासशील मुलुकको पुनरुत्थान कठिन भएको औंल्याए पनि कोभिडको असरबारे सुरुआती आकलनभन्दा कमै मात्र क्षति पुगेको बताएको छ। यसले विश्व अर्थव्यवस्थाको केन्द्र विस्तारै पूर्वी एसियातर्फ स्थानान्तरण हुनमा पनि कोभिड १९ ले महŒवपूर्ण मौका सिर्जना गरेको उल्लेख गरेको छ।

बैंकले सन् २०२१ मा यस क्षेत्रको आर्थिक वृद्धि साढे ७ प्रतिशतसम्म पुग्न सक्ने बताएको छ। त्यही बेला युरोप, अमेरिका र दक्षिण एवं मध्यएसियाको अर्थतन्त्र साढे ३ प्रतिशत हाराहारी मात्रै फैलने उल्लेख छ। पश्चिम एसियाका खाडी राष्ट्र र अफ्रिकी क्षेत्रको अर्थतन्त्र त ३ प्रतिशतभन्दा पनि कम मात्रै बढ्न सक्ने आकलन विश्व बैंकको छ।

यद्यपि, महामारीले थलिएको विश्व अर्थतन्त्र अब सही दिशामा सोझिने र मजबुत आर्थिक विस्तारको आधार निर्माण गर्ने विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ। ‘महामारीका प्रभावसँग जुध्न र लगानीको प्रतिकूलतालाई अनुकूलतामा ढाल्न व्यावसायिक वातावरणमा सुधार चाहिन्छ। अनि श्रम र उत्पादनको बजारमा लचकतालाई सशक्त बाउन पारदर्शिता र सुशासन अभिवृद्धिमा ध्यान दिनुपर्छ’, मल्पासलाई उद्धृत गर्दै विश्व बैंकले भनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.