सस्तियो तरकारी, महँगियो तेल

सस्तियो तरकारी, महँगियो तेल

काठमाडौं : नेपाल राष्ट्र बैंकले गत मंसिरको तुलनामा पुसमा तरकारीको मूल्य २२ प्रतिशत सस्तिएको प्रतिवेदन सार्वजनिक गरेको छ। हिउँद लागेसँगै आलु, काउलीलगायत अधिकांश तरकारीको भाउ घटेको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ। मंसिरमा एक सय रुपैयाँले जति तरकारी किन्न सकिन्थ्यो, पुसमा त्यति नै तरकारी किन्न ८८ रुपैयाँले पुग्ने देखिएको हो। 

यसले अधिकांश सहरी क्षेत्रका बासिन्दाको भान्सामा हुने खर्च कम भएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। उक्त प्रतिवेदनले जाडो बढेको बेलामा पनि रक्सीको भाउ सस्तिएको र फलफूल पनि मंसिरमा भन्दा कम मूल्यमै पाइने उल्लेख गरेको छ। अघिल्लो वर्षको तुलनामा भने तरकारीको भाउ ८ प्रतिशतको हाराहारी मात्रै सस्तिएको छ। तरकारी सस्तिए पनि घिउ, तेलको मूल्य भने यो वर्ष निकै बढेको देखिन्छ। पोहोर एक सय रुपैयाँमा किन्न सकिने भुटुन खाने घिउ, तेलको भाउ यो वर्ष १ सय १७ रुपैयाँ पुगेको देखिन्छ। माघमा अझै मूल्य बढेको सूचना बजारबाट प्राप्त भए पनि राष्ट्र बैंकले भने पुससम्मको मात्रै तथ्यांक प्रस्तुत गरेको हो। 

मंसिरमा महँगो भए पनि पोहोर पुसमै भने फलफूलको भाउ अहिलेभन्दा साढे १६ प्रतिशत सस्तो थियो। दाल तथा गेडागुडी साढे ११ प्रतिशत र माछामासु झन्डै ११ प्रतिशत महँगिएको छ। हरियो तरकारी सस्तिँदा भान्साको खर्च बच्ने देखिए पनि यी वस्तुको भाउ महँगिँदा उस्तै अवस्था आउने देखिन्छ। यो वर्ष भान्साबाहेकका सामानको मूल्यमा भने उल्लेख्य बढोत्तरी भएन। मानिससँग नयाँ लुगा, नयाँ फर्निचर र विलासी सामान किन्ने पैसाको अभाव भएकाले पनि समग्र माग घटेको हुन सक्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले केही सहरी क्षेत्रमा मूल्यवृद्धि बढी भएर ग्रामीण भागमा सस्तिएको अवस्थामा पनि मुद्रास्फीति (औसत मूल्यवृद्धिको दर) कम देखिने बताए। 

राष्ट्र बैंकले यो वर्ष पोहोरभन्दा ३.५६ प्रतिशतले मात्रै मूल्यवृद्धि भएको आँकडा सार्वजनिक गरेको छ। यसको मतलव पोहोर दैनिक एक हजार रुपैयाँले जीवन धान्न सक्ने व्यक्तिले यो वर्ष त्यसरी नै दैनिक चलाउन १ हजार ३५ रुपैयाँ खर्चनु पर्छ भन्ने हो। राष्ट्र बैंकले सात वर्षअघि नेपालभरका आठ सय परिवारले गर्ने वार्षिक खर्चको आधारमा यस्तो तथ्यांक निकाल्छ। वर्षभरिमा विभिन्न क्षेत्रमा खर्चने पैसाको हिस्साका आधारमा यस्तो प्रतिवेदन निकाल्ने गरिएको हो।  तर बितेका सात वर्षमा नेपालमा शिक्षा, सञ्चार तथा रेस्टुरेन्ट र सुपर मार्केटमा हुने खर्च बढेको प्रवक्ता डा. भट्ट बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.