फेरि घट्यो सेयर

फेरि घट्यो सेयर

काठमाडौं : मंगलबार सेयर बजारमा निकै ठूलो उतारचढाब देखियो। यस दिन २६३२ अंक पुगेको सेयरबजार लगातार घटेर २५१९ अंकसम्म झर्‍यो। यो ११३ अंकको विशाल उतारचढाब हो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच आकस्मिक भेट भएको सन्दर्भलाई लिएर ‘सैनिक शासन’को हल्ला फिँजाएपछि सेयर बजारमा यस्तो प्रवृत्ति देखा पर्‍यो। 

लगातार सेयर बजार घटाएर दिउँसो १ बजेपछि पुनः माग बढाइएको थियो। अन्तिम दुई घण्टामा बजार सूचकलाई ६७ अंक उचालियो र अघिल्लो दिनको तुलनामा २१ अंक तल बजार बन्द गरियो। राजनीतिक वृत्तमा तत्काल विकास हुने यस्ता परिघटनालाई सेयर बजारकाट लाभ लिन प्रयोग गर्ने प्रवृत्ति पुरानै हो। यसअघि पनि निर्वाचनको परिणाम वा प्रधानमन्त्री र अर्थमन्त्रीको नियुक्तिजस्ता विषयलाई पनि सेयरबजारमा लाभ लिने हतियारका रूपमा प्रयोग गर्ने गरिएको थियो। 

संवेदनशील सूचनालाई सेयर बजारमा उपयोग गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय स्तरमा पनि निकै बलियो छ। दुई देशबीचको द्वन्द्व चर्कंदा होस् वा ब्रिटेनमा जनमत संग्रहको मत परिणाम आउँदा, अमेरिकामा चुनावी परिणाम आउँदा र उत्तरकोरियाले क्षेप्यात्र परीक्षण गर्दा पनि विश्व सेयर बजार प्रभावित हुने गरेको थियो। यस्ता घटनामा बढी जोखिम लिने मनोबल भएका लगानीकर्ताले कमाउने र जोखिम लिन नसक्ने नवप्रवेशीले गुमाउने सम्भावना हुन्छ। 

मंगलबार नेपाली सेयर बजारमा पनि त्यस्तै प्रवृत्ति देखिएको सेयर विश्लेषक बताउँछन्। धेरैले अब बजार वियरिस ट्रेन्ड (घट्दो प्रक्रिया)मा जान सक्ने आकलन गरेर सेयर बेचे। तर अन्तिममा बजार सूचकले ‘यु टर्न’ मार्‍यो। मंगलबार कारोबार रकमभने घटेन। यस दिन ८ अर्ब ५६ करोडभन्दा धेरैको सेयर व्यापार भयो। 

यस्तो अवस्थामा सुरुमा हतारिएर बेच्ने लगानीकर्ताले ठूलो क्षति व्यहोर्नुपर्‍यो। ब्रोकर ‘ठूला’ भनिने लगानीकर्ताले सुरुमा बजार घटाएर पछि सस्तो मूल्यमा सेयर किनेको बताउँछन्। उदाहरणका लागि मंगलबार सस्तो मूल्यमा सेयर किन्नेले दुई घण्टाकै अन्तरालमा अरुणभ्याली हाइड्रोपावरको सेयरबाट १४ प्रतिशतसम्म पुँजीगत लाभ प्राप्त गरेका छन्। हिमालयन पावर पार्टनरमा साढे १३ प्रतिशत, लिबर्टी इनर्जीमा साढे ११ र एनएलजी इन्स्योरेन्समा साढे १० प्रतिशत पुँजीगत लाभ एकै दिनमा भएको छ। गुमाउनेले पनि त्यति नै फराकिलो रफ््तारमा सम्पत्ति गुमाउनु परेको छ। 

सेयर विश्लेषक यस्ता राजनीतिक घटनाक्रमलाई आधार मानेर लगानीकर्ता हतोत्साही हुन नहुने बताउँछन्। ‘बजारलाई स्वाभाविक गतिमा घट्न वा बढ्न दिनुपर्छ’ एक ब्रोकर भन्छन्, ‘तर हामीकहाँ विभिन्न हल्ला फिँजाएर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति बलियो बनेको छ।’ यस्तो प्रवृित्तबाट नवप्रवेशी मध्यम वर्गका लगानीकर्ता जोगिनुपर्ने उनी बताउँछन्। प्राविधिक विश्लेषणले भने अहिले पनि बजार बढ्दो प्रवृत्तिमै रहेको देखाउँछ। तर नयाँ कीर्तिमानी स्तरमा कुदिरहेको बजारमा लगानीकर्ता चनाखो हुनु चाहिँ आवश्यक हुने विश्लेषक बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.