किसान सूचीकरण राष्ट्रिय अभियान सुरु: कृषि आधुनिक क्षेत्रमा प्रवेश गरेको प्रधानमन्त्रीको दाबी

किसान सूचीकरण राष्ट्रिय अभियान सुरु: कृषि आधुनिक क्षेत्रमा प्रवेश गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं: किसान सूचीकरण राष्ट्रिय अभियान शनिबार आरम्भ भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको उद्घाटन गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए ।

यस प्रणाली मार्फत् कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यवसायीक सीप विकासका लागि जिल्ला जिल्लामा तालिम संचालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले किसानलाई सामूहिक खेती प्रणालीमा संलग्न गराएर उत्पादनमा लगाउनुपर्ने पनि बताए । कृषि क्षेत्रमा दिइने अनुदान नगदमा नभएर अनुदान दिँदा भरसक जिन्सी सामग्री खरिद गरेर दिनुपर्ने उनको भनाइ थियो । 
‘अनुदानका विषयमा केही गुनासाहरु रहेका छन् । कृषि क्षेत्रका निम्ति दिइने अनुदानलाई व्यवस्थित गर्न भरसक जिन्सी सामानहरु खरिद गरेर दिने । व्यक्तिगत भन्दा सामूहिक प्रयासलाई प्रोत्साहन गर्ने । व्यक्तिगत रुपमा दिनुपर्ने भएमा नगद रुपैयाँ नभएर किसानलाई आवश्यक पर्ने सामग्री खरिदमा जोड दिनुपर्छ’प्रधानमन्त्री ओलीले भने ।

हरेकको भान्सालाई अस्पतालको रुपमा विकास गर्न सकेमा स्वस्थ्य नेपाल निर्माण गर्न सकिने पनि उनको सुझाव थियो । भान्सालाई अस्पताल बनाउन कृषिको ठूलो भूमिका हुने पनि उनको तर्क थियो । ओलीले भने, ‘हाम्रो भान्सालाई रोग उत्पादन गर्ने थलो होइन अस्पतालको रुपमा विकास गर्न कृषिको ठूलो भूमिका रहन्छ । हामीले कृषिलाई जति बढी अर्ग्यानिक बनाउन सक्यो त्यती बढी हाम्रो भान्सा अस्पताल बनाउन सकिन्छ ।’

कार्यक्रममा कृषिमन्त्री पद्माकुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने बताइन् । 

‘किसानहरूको हक हितका लागि यो प्रणाली तयार पारेका हौँ । अब सबै किसानका गुनासो आजैबाट अन्त्य भयो ।’ यो प्रणाली लागु भएसँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने विश्वास समेत उनले व्यक्त गरिन् ।

कृषिको औद्योगिकीकरणका निम्ति सरकार लागिरहेको भन्दै उनले हिजोको कृषि र आजको कृषिमा फरक अनुभूति गर्नेगरी अगाडि बढेको पनि बताइन् । ‘कृषिको औद्योगिकीकरण गर्ने ढंगले हामी अगाडि बढेका छौं । हिजोको कृषि र आजको कृषिमा फरक अनुभूति गर्नेगरी हामी अगाडि बढ्छौं । कृषिमा यान्त्रिकिकरण गर्न हामीले इजरायल सरकारसँगको सहकार्यमा भर्खरै सम्झौता गरेका छौं’ मन्त्री अर्यालले भनिन् ।

सातै प्रदेशमा सञ्चालन हुने किसान सूचीकरण प्रणाली सातै प्रदेशका सबै पालिकामार्फत सञ्चालन हुनेछ । कृषि पेसा र व्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्न किसान सूचीकरण संकेत नम्बर अनिवार्य गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.