रोकिएन विपत्ति, सोचिएन अगाडि

रोकिएन विपत्ति, सोचिएन अगाडि

अनन्तकालदेखिसहेलीका रूपमा बगिरहेको मेलम्ची र इन्द्रावतीले एक दिन अकल्पनीय रूपमा बबन्डर मच्चाउँछन् भन्ने कसैले कल्पनै गर्न सकेको थिएन। असार १ गते यस्तै घटना भयो। लगातार परेको अविरल वर्षाका कारण भेल आएर ठूलो मात्रामा भौतिक क्षति पुग्यो नै,नदी आसपासका क्षेत्रमा बसोवास गर्ने मानिसका मनमनमा बाँचुञ्जेल गहिरो चोट पर्ने भयो। अझै पनि पीडितका आँखामा आँसु थामिएको छैन। अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता पनि उत्तिकै छ। पाखुरी चलाउने जमिनदेखि सबैथोक लिएर गयो इन्द्रावतीले।

बाढीका कारण चारजनाको मृत्यु र करिब २० जना बेपत्ता भए। करोडौं ऋण गरेर बनाएका रंगीन महलढले। सयौं घरटहरा, रिसोर्ट, फार्म, होटेल, हेलम्बुको नाकोते पुल,मेलम्ची चौतारा सडक जोडिएको पक्की पुल, चन्द्रशम्शेरको पालामा बनेकोमेलम्चीको झोलुंगे पुल, सवारीसाधन, सडक र निर्माणाधीन संरचनाहरूबगायो।एकतिहाईमेलम्ची बजार डुबानमा पर्‍यो। बहुचर्चित मेलम्ची आयोजनामा क्षति पुग्यो। तिम्बु र चनौटे बजार बिजुली र सञ्चारबाट विच्छेद भयो।बाढी आउन थालेको पन्ध्र दिन बित्दा पनि भौतिक क्षति हुने क्रम रोकिएको छैन। बाढीको जोखिम, भौतिक क्षति र बेघरबार हुने क्रम रोकिएको छैन।यतिबेला सबैभन्दा बढी आहत पीडितका मनमा परेको छ। तिनलाईसहानुभूति र सद्भावका साथै राहतको खाँचो छ।यस्तो सहयोग गर्नु हामी सबैको कर्तव्य हो। सबै पीडितले बस्न सुरक्षित ठाउँ, बाँच्नरासन र शरीर ढाक्नकपास पाउन्। तिनका मनमा परेको घाउमा पनि मलम लागोस्। भोलिका दिनमा पनि उनीहरूले सहजरूपमा जीवन जिउन सकून्। ढुंगाको भर माटो र माटाको भर ढुंगो भनेजस्तोएकअर्काका भरमा बाँचेका हामीले पीडितहरूलाईसक्दो सहयोग गर्नुपर्छ।

सिन्धुपाल्चोकको अधिकांश क्षेत्रलाई बृहत्तर सालमा भूकम्पले थर्कायो। २०७६ चैतदेखि कोरोनाले गलायो। हाम्रो भूबनोट नै कमसल भएर पनि होला, हरेक वर्षजसो सिन्धुले विभिन्न विपत्ति बेहोर्नु परिरहेको छ। बर्खा लागेपछि डरैडरमा बाँच्नुपर्छ। जहाँ बसेको छ, त्यही ठाउँ बगाउँला वा पहिरो जाला भन्ने लागिरहन्छ। अधिकांश भागमा बाढी र पहिरो गएको सुन्दा लाग्छ– बाढीपहिरो नजाने कुनै ठाउँ छैन। मेलम्ची क्षेत्र पनि अछुतो रहेन। यहाँ पनि बाढीले ठूलो बज्रपात पारिदियो।सुन्दर सहरको सपना बोकेर उकालो लागिरहेको मेलम्ची हेर्दाहेर्दै बगरमा परिणत हुनुपर्‍यो। पाक्न लागेका मकै र चैते धानबालीको नामोनिसान रहेन।करोडपति रोडपति भए। जोस, जाँगर, खुसी र सपना बोकेर अगाडि बढिरहेका युवा मन प्राकृतिक भेलले बगाउने, भूकम्पले थर्काउने र सरकारले निरुत्साहित गर्ने गर्दा निरन्तर भाँचिइरह्यो।

गुदी कुरा खोतल्ने हो भने सयौं वर्षअघिदेखि आसपासका मानिसको बाँच्ने आधार हो मेलम्ची। मेलम्चीको पानीले कृषि उत्पादन गरी लाखौं मानिस आत्मनिर्भर भएका थिए। यो सिंगो क्षेत्र हराभरा बनाएको थियो। क्षणभरमा सबै संरचना स्वाहा बनाइदियो।

सर्सर्ति हेर्दा मेलम्ची र इन्द्रावतीमारिसाएजस्तोलाग्छ। कहिल्यै उठ्न नसक्ने गरी कतिपयलाई थला पारिदिएको जस्तो लाग्छ। नदी र त्यसको विशाल बगरमा भरिपूर्ण सौन्दर्य क्षणभरमा विलीन भयो। त्यसलाई जोगाउनेतिर मानिसको ध्यानै गएन। बरु छिट्टै कमाउने र रातारात धनी बन्ने सपना देख्न थाले।देशीविदेशीको कुदृष्टि पर्‍यो। त्यसपछि अवैध र अप्राकृतिक तवरले बगरबाट गिटी र बालुवा दोहन गर्ने क्रम सुरु भयो। मुलुक गणतन्त्रमा प्रवेश गरेपछि यो क्रम अझ बढेर गयो। कतै तिनै मानिसदेखि रूष्ट भएर नदीले बबन्डर मच्चाएको त होइन ?बूढापाका भन्ने गर्थे– खोलाले बाह्र वर्षमा रूप फेर्छ। कहिले वल्लाछेउबाट त कहिले पल्लाछेउबाट बग्ने गर्छ। बगर नदीको बाटो हो। उसले आफ्नो बाटो छाड्दैन। कुनै न कुनै दिन ऊ आफ्नो बाटोमा फर्किन्छ। ऊ आफ्नै गतिमा फर्किएर ताण्डव नृत्य देखाउँछ। नदीको स्पष्ट स्वरूप कसैले देखेको छैन। भोलिका दिनमा पनि यस्तै विपत्ति नआउला भन्न सकिन्न। त्यसैले सुन्दर र फराकिलो बगर देखेर त्यसमा लालसा देखाउनु हाम्रो दोष हो। बगर अतिक्रमण गरी घर बनाउँदा नै हामी सजायभागी भएका हौं, तर नदी दोहन गरी बालुवा र गिटी निकाल्नेमाथि कारबाही हुँदैन। गाउँगाउँमा सिंहदरबार पुगेको भन्नु त मौखिक कुरा मात्र हुन् कि ?

मेलम्चीमा आएको बाढीले यस क्षेत्रका आसपासमा भएको विनाशको कारण नदी होइन, हामी नै हौं। प्रकृति दोहन गर्दा एक दिन हाम्रा गाउँ या सहर या सिंगो क्षेत्रले नै प्रकोपको भागीदार बन्नुपर्छ भन्ने गतिलो उदाहरण हो मेलम्चीको बाढी।यो धरतीका कुनै पनि ठाउँ प्रकृतिले निर्माण गरेको हो। ती ठाउँ हाम्रो वशमा छैन। कतिखेर के हुन्छ भन्न सकिन्न।इतिहासदेखि नै हाम्रो केन्द्रीय तथा स्थानीय नेतृत्वले प्रकृतिको नियम जानेर वा बुझेर पाइला चालेका भएअहिलेमेलम्चीले यो विपत्ति भोग्नु पर्दैनथ्यो। यस्तै विपत्ति २०७१ सालमा अरनिको राजमार्गमा पर्ने जुरेका बासिन्दाले भोग्नुपर्‍यो। ३२÷३३ घर भएको सिंगो गाउँ नै बगाएको थियो। त्यस पहिरोमा परी एक सय ४५ जनाको ज्यान जानुका साथै करोडौंको भौतिक सम्पत्ति नष्ट भएको थियो।

गुदी कुरा खोतल्ने हो भने सयौंवर्षअघिदेखि आसपासका मानिसको बाँच्ने आधार हो मेलम्ची। मेलम्चीको पानीलेकृषि उत्पादन गरी लाखौं मानिस आत्मनिर्भर भएका थिए। यो सिंगो क्षेत्र हराभरा बनाएको थियो। कतिसम्म भने टाढा रहेको अर्थात् राजधानी सहरका मानिसको बाँच्ने आधार पनि बन्दै थियोमेलम्चीको पानी।क्षणभरमा सबै संरचना स्वाहा बनाइदियो। अधिकांशका रोजीरोटी खोसिदियो। यसैले अब सिन्धुका बुद्धिजीवी, राजनीतिक दल र नेताहरूले अगाडि (दूर–सपना)के हुन्छ भनेर सोच्ने बेला आएको छ।मेलम्ची र इन्द्रावतीबाट सुरक्षित रहने, पीडितका घाउमा मलम लगाउने, मेलम्ची आसपासको क्षेत्रको मुहार फेर्ने हातेमालोमासमाहित हुने र धेरैभन्दा धेरै सहयोग कसरी गर्ने ? बाढीको क्षति कसरी रोक्ने?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.