राष्ट्रपतिबारे माधव नेपालले भने- पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ

राष्ट्रपतिबारे माधव नेपालले भने- पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई पावर सेयरिङको रुपमा लिने संकेत गरेका छन् । दाङको भालुबाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दावी गरे । 

'अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चापरिचर्चाहरू धेरै छन् । यस सन्दर्भमा कुनै टुंगोमा लागेको छैन,' उनले भने चाहना राख्ने कुरा बेग्लै हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर,पार्टीको धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ ।'

पावर सेयरिङमा भूमिका नगरेर अरुकै लागि सधैं  बलिदान नहुने भन्दै उनले अरुले फाइदा उठाउने कुरा मान्य नहुने बताए । राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गरे । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचार सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।

'प्रेसमा आएका सबै समाचारहरू साँचो हुन्छन् भन्ने छैन,' उनले भने,'अहिले नै बोल्ने कुराको हतार गर्नु हुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।'

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको ध्यान देशको हितमा रहेको बताए ।

चुनावअघि राष्‍ट्रपति पदमा झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड 'सहमत रहेको खुलाए । तर,झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपति को बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको उनले दावी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.