इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने : १२ नेपाली सम्पर्कविहीन छन्

इजरायल आक्रमणबारे सदनमा जानकारी गराउँदै परराष्ट्रमन्त्रीले भने :  १२ नेपाली सम्पर्कविहीन छन्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायल आक्रमणबारे संसदमा जानकारी गराएका छन्।  आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाको बारेमा जानकारी गराएका हुन्।

नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए। २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए।

मन्त्री साउदका अनुसार कृषि विश्वविद्यालयबाट ११९,त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट  ४९ जना विद्यार्थीहरू गएका थिए। उनीहरूमध्ये सुदूरपश्चिम विश्वविद्लायबाट गएका १७ विद्यार्थीहरू दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययरत थिए। 

नेपाली दूतावासका अनुसार सुदूरपश्चिम विश्वविद्लायबाट गएका विद्यार्थीमध्ये आक्रमणमा परी  ३ जना  घाइते भएका छन् भने २ जना सकुशल रहेको मन्त्री साउदले जानकारी दिए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको  र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ।

यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहले आक्रमण गरिरहेको छ। शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलका विभिन्न सहरमा आक्रमण गरिरहेका छन्।

इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले रकेट प्रहार गरिरहेको छ। यहाँ आक्रमणबाट २५० जना इजरायली र २३० जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। ३ हजार बढि मानिस घाइते भएको अन्तराष्ट्रिय मिडियाहरूले जनाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.