'भारतसँगको चार बुँदे सम्झौता विकासको लागि कोसेढुंगा'

'भारतसँगको चार बुँदे सम्झौता विकासको लागि कोसेढुंगा'
सुन्नुहोस्

विराटनगर : नेपाल- भारत समाजिक संस्कृत मञ्चले नेपाल र भारतबीच भएको चार बुँदे सम्झौता मुलुकको विकासको लागि कोसेढुङ्गा सावित हुने भन्दै स्वागत गरिएको छ ।  सांस्कृतिक मञ्चका अध्यक्ष  राजेशकुमार शर्माले  दुई देशबीच भएको सम्झौताले नेपालको आर्थिक एवं प्रविधिको विकासमा कोशेढुंगा सावित हुने भन्दै स्वागत गरिएको हो  ।

प्रेस विज्ञिप्त निकालेर जलस्रोतको धनी देश नेपाल अगामी १० वर्षमा १० हजार मेघावाट विद्युत् खरिद गर्ने गरी भारतले नेपालसँग सम्झौता गर्नु नै नेपालको समृद्धिको ढोका खोलिनु सहर भएको उल्लेख गरिएको छ । विज्ञिप्तमा भनिएको छ,'अब नेपालले जतिसक्दो धेरै विद्युत् उत्पादनमा ध्यान दिनुपर्छ ।'

सरकारले दीर्घकालीन योजना बनाएर सम्झौता अनुसारको काम अघि बढाउने केन्द्रित हुनुको विकल्प नभएको उल्लेख गरिएको छ । भारतीय विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालसँग चारबुँदे सम्झौता भएको थियो ।

चारवटै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको मञ्चको दावी रहेको छ । ‘नेपाल सरकारसँगको समन्वयमा भारतीय दुताबास मार्फत् २० करोड रुपैयाँसम्मका योजनामा खर्च गर्न पाउने गरी भएको सम्झौताको प्रावधान अझै सह्रानीय रहेको उल्लेख गर्दे विज्ञिप्तमा भनिएको छ,'यसले कुनाकाप्चा र दुरदराजमा भारतीय सहयोग पुग्नेछ । धेरै नेपालीले यसबाट लाभ उठाउने छन् ।’

भारतीय विशेमन्त्री जयशंकरको भ्रमणका क्रममा स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सम्झौता पनि भएको थियो । ‘नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहन मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुनु अझै महत्वपूर्ण भएको उल्लेख गरिएको छ ।  

यस्तै,भूकम्पपछिको पुनः निर्माणका लागि १ खर्ब अनुदान सहयोग गर्नेबारे भारतले गरेको घोषणाले धेरै नेपालीलाई राहत मिलेको उल्लेख गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.