सानो पाइला सहकारीका सञ्चालकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

सानो पाइला सहकारीका सञ्चालकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन
सुन्नुहोस्

वीरगन्ज : बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक जीबी (गितेन्द्रकाबु) राईसहितलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका छन्। शुक्रबार वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले सानो पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाही गर,बचतकर्ताको रकम फिर्ता गर, बचतकर्ताको रकम टिभीमा लगानी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका थिए।टिबडेवाला धर्मशालापरिसरबाट निस्किएको विरोध जुलुस नगरपरिक्रमा गरी घण्टाघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

विरोधसभामा बोल्दै सानोपाइला सहकारी पीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले बचतकर्ताको रकम फिर्ता नगरी फरार भएका सहकारीका मुख्य सञ्चालक जीबी राईसहितकालाई पक्राउ गरी कारबाहीको माग गर्दै माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने बताए। त्यसपछि जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूलाई पीडितहरूले सामूहिक रुपमा भेटेर दबाब दिने उनले बताए।

वीरगन्ज १० आदर्शनगरस्थित सहकारीको शाखा कार्यालयमा बिहीबार वीरगन्ज महानगरपालिकाले सिल गरेको थियो। महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायत निकायमा पत्रचार गरेको थियो।

त्यसको आधारमा अदालतले सानो पाइला सहकारीका संस्थापक एंव संरक्षक जीबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर अहिलेसम्म कोही पनि पक्राउ भने परेका छैनन्।

संघर्ष समितिका संयोजक अग्रवालका अनुसार उक्त सहकारीमा वीरगन्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपैयाँ बचत रहेको थियो।

वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा उक्त सहकारीविरुद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ। यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामापनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

ती सबै उजुरीमा गरी उक्त सहकारीले १ अर्बभन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पीडित बचतकर्ताहरूले उल्लेख गरिएको वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए। 

काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गतेपनि बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.